आँधीबेहेरी भन्दा तेज
परमाणु बम भन्दा शक्तिशाली
सगरमाथा भन्दा अग्लो
महासागर भन्दा गहिरो
हुने रहेछ शब्द।
९ रेक्टरको भुकम्प भन्दा
सयौं गुणा हलचल ल्याउन
काफी हुनेरहेछ
एकै शब्द।
एकै शब्दले
संसार बद्लिन्छ
एकै शब्दले
परिचय बद्लिन्छ
बद्लिन्छ जिन्दगी।
कुनै शब्द फूल
कुनै पत्थर झैं
कुनै मलम जस्तो
घाइते मुटुलाई
निको पार्ने
कुनै तरवार जस्तो
एकै प्रहारमा
मुटु रेट्ने।
बर्षौं लगाएर
लाख चेष्टा गरेर
हजारौं शब्द खर्चेर
कमाएको इज्जत
आज एकै शब्दले
धुजा-धुजा पारेर
माटोमा मिलाएको छ
डस्टबिनमा फालिएको छ।
संयमित हुनुहोला
शब्द प्रयोग गर्न
जान्नुहोला
सदुपयोग गर्न
शब्दले नै बनाउँछ
सज्जन
दुर्जन
कंगाल
मालामाल
त्यसैले
शब्द देखि
होसियार!
No comments:
Post a Comment