Saturday, 21 January 2017

फरक

फूटबल खेलमा उसले लाख कोसिसको बाबजुद पनि दुर्भाग्यबश गोल गर्ने सुनौलो मौका गुमायो।

पूरै टिम उ माथि आक्रमक भएर भने-"तैंले केही गर्न सक्तैनस्,तेरो कारणले टिमलाई केही फरक पर्दैन,तँलाई तुरुन्त निकालेर अर्को राखिन्छ।"

तुरुन्तै उसले आफ्नै पोस्टमा आत्माघाती गोल गरेर तहल्का मच्चायो।

"फरक पर्ने रहेछ कि नाइँ?"-उ चिच्याउँदा पूरै टिम स्तब्ध थियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...