Wednesday, 18 January 2017

धर्ती हुँ म

धर्ती हुँ म पवन भई झुमी देउ तिमी
आकाशको बादल झैं डुली देउ तिमी
दु:ख पर्दा आँसु मेरो पुछी देउ तिमी
मुना हुँ म मदन भई खुशी देउ तिमी।

पर्खाईमा हुन्छु सधैं तिम्रो स्पर्शको
आतुर भईरहन्छु म मीठो चुम्बनको
फूल हुँ म भमरा भै चुमी देउ तिमी
मुना हुँ म मदन भै खुशी देउ तिमी।

म बाँचेको धरातल सुख्ख र बाँझो छ
मरुभूमि जीवनमा सिंचाइको खाँचोछ
जमिन हुँ वर्षा बनी बर्सी देउ तिमी
मुना हुँ म मदन भै खुशी देउ तिमी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...