Thursday, 19 January 2017

जाउ

तगारो म बन्या भए हटाएर जाउ
अमूल्य मेरो माया लताएर जाउ।

नजाउ बिन्ती भनी बाटो छेकिरछु
यो घाँटीमा खुकुरी चलाएर जाउ।

सुम्पेको थें सर्वस्व मैले तिमीलाई
जाने बेला मेरो मुटु फर्काएर जाउ।

शंकै लाग्छ कतै तिमी पागल भएनौ?
एकपल्ट अस्पतालमा जँचाएर जाउ।

जतासुकै जाउ तिमी जान्छ्यौ नै भने
ए निष्ठुरी मेरो नासो जन्माएर जाउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...