नेपालमा आज भोलि जाती युद्ध हुदैछ
दाज्यु भाइको बीचमा पनि मुद्दा हुदैछ।
भाइ भाइमा लडेर के पाउछौ तिमिले
आफन्त नै आफ्नै देखि किन क्रुद्ध हुदैछ।
काटमार चलेको छ टायर बलेको छ
रगतको खोलो बगी पानी अशुद्ध हुदैछ।
धेरै चोट लागेको छ मेरी आमा लाई
जे जे हुदैछ नि यहाँ आमा बिरुद्ध हुदैछ।
नेपालमा आज भोलि जाती युद्ध हुदैछ
दाज्यु भाइको बीचमा पनि मुद्दा हुदैछ।
No comments:
Post a Comment