Saturday, 30 January 2016

मेल सम्झ्यौ

मेरो चोखो माया लाई शरीरको मेल सम्झ्यौ
मनोरंजन मा खेलिने दुई दिने खेल सम्झ्यौ।

जाने बेला गयौ तिमी मेरो बारे नसोचेर
आज दु:ख पाएर त मलाई अचेल सम्झ्यौ।

मैले भने युगौ युग नतोडिने नाता गासौ
पवित्र सम्बन्धलाई जन्जिर र जेल सम्झ्यौ।

झलमल हुँदा खेरी बिर्सी दियौ यो दुनियाँ
बलिरहेको त्यो दियो निभे पछि तेल सम्झ्यौ।

कुनै स्वार्थ थेन ममा,तिम्रै भलो म चाहन्थे
कुन अर्थमा हेर्यौ मलाई जाल र झेल सम्झ्यौ।

बिगि्रयो छोरो

गाजा,चरेस तानेर बिगि्रयो छोरो
स्कुल जान छाडेर बिगि्रयो छोरो।

उमृदै तीन-पाते भन्छन् सबैले
केटी संग लागेर बिगि्रयो छोरो।

सधैं झ्याप भएर गल्ली गल्लीमा
दिउसै भट्टी ताकेर बिगि्रयो छोरो।

ठग्नु ठगे घरमा हर बहानामा
आमा लाई ढाटेर बिगि्रयो छोरो।

लुटपाटमा लागियो कुसंगत गरी
सबै सिमा नाघेर बिगि्रयो छोरो।

अबरोध हुन्छ

असल काम गर्न खोजे अवरोध हुन्छ
यस्ता नाबालक हरुमा कैले बोध हुन्छ।

जिउदो हुँदा कसैले नि चिन्दैनन् बिचरा
मरे पछि बल्ल तल्ल खोज-सोध हुन्छ।

घर भित्रै हत्या गरी ज्यान लुकाइछ
रगत लाई सुकाउन लिप-पोत हुन्छ।

असारमा धान रोप्दा मस्त निदाउछ
मंसीरमा धान फल्दा खन-जोत हुन्छ।

जंगे पनि हत्यारा नै थिए हुन लाई
तर आज भोलि दिनै पर्व-कोत हुन्छ।

बेठिक भएछ

ठिकै थियो सबै कुरा बेठिक भएछ
जनताको नोकर भन्थे मालिक भएछ।

फुट्ने थेन हिजो सम्म उसैको बोली
राजनीतिमा लागेर तार्किक भएछ।

एकाईसौ शताब्दीले छोएर होला
मन बाट हैन माया भौतिक भएछ।

तिमी भए अरु केही चाइदैन भन्थी
तर आज ठूलो कुरा आर्थिक भएछ।

लेख्दा लेख्दै,खेल्दा खेल्दै अक्षर संग
थाहै नपाइ मेरो गजल मार्मिक भएछ।

बिदेशिए

आफ्नो भनौदाले खुट्टा तानेर त बिदेशिए
केही गर्न सकिन्छ कि जानेर त बिदेशिए।

संगै बाच्ने संगै मर्ने कसम खाका प्रियसीले
चोखो माया छोडी धन छानेर त बिदेशिए।

धेरै बिग्र्यौ बिदेश जाउ बाबू अब भन्न थाले
बाबा-आमाको आदेश मानेर त बिदेशिए।

जनयुद्ध हुने बेला चपेटामा पर्नु परे
क्रान्तिकारीले सुराकी ठानेर त बिदेशिए।

उठी-बास गरायो नि भुकम्प र पहिरोले
गाउँ बाट झिटीझाम्टी बानेर त बिदेशिए।

Friday, 29 January 2016

सेरोफेरो हुन्छु

म त तेरै जिन्दगीको सेरोफेरो हुन्छु
मेलापात,घाँस,पानी र पधेरो हुन्छु।

नसम्झ सानू कहिल्यै मलाई टाढाको
त नि मेरो हुनु सधैं,र म तेरो हुन्छु।

चाहे तैंले जस्तोसुकै फैसला सुनाउ
पछि पछि लागिरहन्छु, अटेरो हुन्छु।

भए पनि जवान र बलिया पाखुरा
बा-आमाको नजरमा त बचेरो हुन्छु।

तेरो सुख सुबिधाको लागि हेर सानू
सररर••• गुडि दिने म पजेरो हुन्छु।

Thursday, 28 January 2016

सर्जक बनी दिन्छु

सुन्दर यो सृजनाको सर्जक बनी दिन्छु
यति धेरै सुन्दरी छौ,दर्शक बनी दिन्छु।

खाउ टन्न मिठा मिठा खाने कुरा हरु
पर्दा तिमी अप्ठ्यारोमा पाचक बनी दिन्छु।

हान तिमी चौका,छक्का डर नमानेर
तिम्ले खेल्ने कृकेटमा शतक बनी दिन्छु।

हातेमालो गर्दै अगि बढ्छु तिमी सित
म त तिम्रै सहयात्री अथक बनी दिन्छु।

दु:ख,पीडा भुलि देउ सक्दो खुशी हुनु
तिम्रा हर पलहरुमा रौनक बनी दिन्छु ।

दमन हुन्छ

तिमी बाट सधैं जसो यो मुटुमा दमन हुन्छ
तिम्रो तानाशाही मन कुनै दिन पतन हुन्छ।

बाहिरी त्यो सुन्दरता केवल क्षणिक मात्र हो
सुन्दर त त्यो हो जब सफा मन,बचन हुन्छ।

सन्तुष्टि नै सबैभन्दा ठूलो हुन्छ जिन्दगीमा
सोच्यौ भने के हुन्न र,झुपडी नि भवन हुन्छ।

मनुष्यको दिल भए विशाल र फराकिलो
यो दुनियाँ विशाल हुन्छ जसरी यो गगन हुन्छ।

दुई दिने यो चोलामा किन गर्नु रिस,डाहा
कुनै दिन पक्कै पनि सबैको नै मरन हुन्छ।

ईन्धन छैन

नाकाबन्दी हुँदा आज देशमा इन्धन छैन
कसरी देश बनाउने नेतामा चिन्तन छैन।

जता सुकै घर बनी शहरी-करण हुँदा
उजाड भए सबै तिर,हरिया ती वन छैन।

जसोतसो बाचे पनि कसैको माया विना
जिन्दगीको अर्थ छैन,मुटुमा धड्कन छैन।

सम्झौतामा जोडिएको कच्चा यो सम्बन्धमा
काम्बास्नाले मात्र जित्यो ,रसिलो गन्थन छैन।

आफू खुसी गरि हिन्छन,अरुको मतलब छैन
मान्छे भित्र मन छैन, गल्तीको मनन छैन।

Wednesday, 27 January 2016

लान्छु तिमी लाई

पन्चे बाजा बजाएर लान्छु तिमी लाई
डोली माथि सजाएर लान्छु तिमी लाई।

साथ दिनु है सबैले मेरो यो खुसीमा
सबै लाई नचाएर लान्छु तिमी लाई।

दुनियाँ नै छक्क परुन हाम्रो बिहे देखी
यति धूम मचाएर लान्छु तिमी लाई।

पछि सम्म सम्झनेछन् भावी सन्ततीले
ईतिहास रचाएर लान्छु तिमी लाई।

घुम्टो भित्र मुस्कुराई,शिर निहुराई
तिमी अति लजाएर लान्छु तिमी लाई।

हेर्दा हेर्दै

एउटा चरी बस्ती बाट उडिदियो हेर्दा हेर्दै।
बजारमा उन्को मूल्य आकासियो हेर्दा हेर्दै

कोहीबाट अनायसै बाचा कसम आई दिदा
ठूलो सप्ना देखि मन बहकियो हेर्दा हेर्दै।

मलाइ छोडी अन्तै तिर नयाँ नाता गासे पछि
मेरो लागि एउटा फूल ओईलियो हेर्दा हेर्दै।

हर रात आउने याद भुल्ने अर्को बहानामा
सोझो हुँदा हुँदै पनि रक्सी पियो हेर्दा हेर्दै।

न त तल खसिदियो ,न त माथी नै उक्लियो
यति धेरै अप्ठ्यारोमा नै अल्झियो हेर्दा हेर्दै।

छुन पनि सकिएन

आफ्नो मान्छे भनी मैले छुन पनि सकिएन
टाढा हुँदा धुरु-धुरु रुन पनि सकिएन।

धेरै कोसिस गरे मैले अतीत त्यो भुल्न लाई
मन भित्र भाको याद धुन पनि सकिएन।

माया प्रीतिको खेलमा असफल भईदैमा
सबै कुरा त्यागी जोगी हुन पनि सकिएन।

आफ्नै जीवन लाई घृणा गर्ने बाध्यकारी मान्छे
जीवन छोडी मृत्यु लाई चुन्न पनि सकिएन।

बिचित्रको संसारमा जिन्दगीको हिसाब गर्न
जोड,घटाउ,भाग र गुन्न पनि सकिएन।

र पो रोए

माया गर्ने मान्छे लाई तुच्छ देख्यौ र पो रोए
लातले मेरो छातीमा टेक्नु टेक्यौ र पो रोए।

त्यो दिलको बाटो हुँदै तिमी सम्म पुग्न खोज्दा
आधी बाटो म नपुग्दै बाटो छेक्यौ र पो रोए।

मरुभूमि जस्तै भा'छ आशाहरु जलि दिदा
त्यसै माथी तातो घामले सेक्नु सेक्यो र पो रोए।

खाई,पिई मोटाएको ठूलो,मोटो ज्यान लाई
कठै कम्जोर ती खुट्टाले धन्न थेग्यो र पो रोए।

Tuesday, 26 January 2016

बादलुले छेकी देला

पुर्णिमाको जून तिमी बादलुले छेकी देला
अन्तरीक्षयात्री आई तिमी माथि टेकी देला

साउने त्यो झरी पर्दा नहिड भो भिजी भिजी
लोभ लाग्दा अंग हरु अरुले नै देखी देला।

सबैभन्दा पहिले म भन्छु आफ्नो मन्को कुरा
नत्र भने पराइले प्रेम-पत्र लेखी देला।

तिमी लाई चिन्ता होला सधैं भरी यो कुरामा
तिम्रो मन्को भारीलाई कसले पो थेगी देला।

सहन सक्दैन हेर तिम्रो पीडा यो "माङ"ले
मन भित्र घाउ भए मायाले नै सेकी देला।

Sunday, 24 January 2016

ज्यान बूढो भयो

ज्यान बूढो भयो अब केटी ताक्नु हुन्न साथी
माने पेमे जप्ने बेला केके चाख्नु हुन्न साथी।

उन्नन्सय पुगिसक्यो पालो नाति-नातिनीको
बिसाउने बेला हो यो संसार हाक्नु हुन्न साथी।

चुपचाप बसी खानु जेजे दिन्छिन् बुहारीले
वाक्क-दिक्क हुने गरी अनेक माग्नु हुन्न साथी।

कैलेकाही ठाक्क-ठुक्क पर्छ छोरा नाति संग
यतिकैमा रिसाएर त्यसै भाग्नु हुन्न साथी।

"माङ" तिम्रो साथी हो नि भनी हाल सबै कुरा
भित्र भित्रै पाक्ने गरी मनमा राख्नु हुन्न साथी।

पैसा फल्ने बोट

बिदेशमा पैसा फल्ने बोट पाईन्छ
चुम्बक जस्ता गुलाबी ओठ पाईन्छ।

कसले भन्छ खाडीमा गर्मी छ भनी
पसिना नै नबगाई नोट पाईन्छ ।

हेर्दैनन् कसैले पनि स्वदेश बसी
राम्री भन्ने हरु बाटै चोट पाईन्छ।

गुन्द्रुक,ढिडो खानु पर्ने गाउँघरमा
यहाँ खाना मिठै,टाइ-कोट पाईन्छ।

"माङ" लाई डर हुन्छ एउटै कुरामा
केटी बाट जवानीमा खोट पाईन्छ।

जातको कुरा नगर

सिंगो देश टुक्राउन जातको कुरा नगर
मिलेर जुट्ने बेला औकातको कुरा नगर।

जुनै पार्टी आए पनि के नै गरेको छ र
जनतालाई फुटाउने बादको कुरा नगर।

नशा द्धारा लट्ठिएर सुत्ने बेला होईन
जुर्मुराई उठ्ने बेला मातको कुरा नगर।

जाल र झेलले यहाँ कसैको भलो हुन्न
हात्तीको त्यो देखाउने दातको कुरा नगर।

हामी सबै नेपाली हौं, को भनेर नसोध
सोचे सबै आफन्त,अज्ञातको कुरा नगर।

बानी बिगार्यो

निर्मोहीको मायाले मेरो बानी बिगार्यो
ठूलो घात गरेर जिन्दागानी बिगार्यो।

समुद्र झैं शान्त थ्यो सुन्दर यो जीवन
दुई दिनको छालले जवानी बिगार्यो।

घरबार खायो रे बा-आमाले मलाई
जाड-रक्सी खाई मैले आम्दानी बिगार्यो।

फेलै फेल भयो छोरा पास हुन सकेन
लगाएको लगानी जानी जानी बिगार्यो।

दोधारमा परेर,कसको हुने भनेर
निस्ठुरीले गरेर आनाकानी बिगार्यो।

कुरीति छ

अझै पनि नेपालमा कुरीति छ
कति धेरै अन्धबिस्वास,बेथिति छ।

बिकास भन्दा कुर्सीकै खेल हुने
जनताको आश मार्ने राज्नीति छ।

आँसु बगि दिन्छ सधैं गरीबको
धनीहरुको त हासो खितिति छ।

जिन्दगीको कुनै पनि ठेगान छैन
जान्न पाए हुने मर्ने कुन मिति छ।

लानु के नै छ र यहाँ,मरी जादा
पैसाको नै घमण्ड बिना सिति छ।

Saturday, 23 January 2016

सधैं सुस्त हुन्छ

बिकासका काम हरु सधैं सुस्त हुन्छ
भन सर्कार कैले छिटो,अनि चुस्त हुन्छ।

सबै नेता धोकेबाज भाकै हो नि यहाँ
कसले भन्छ नेता-जनता दुरुस्त हुन्छ?

दु:ख पाई जनता यहाँ हाड-छाला मात्र
नेता हरु मोटाएर हस्ट-पुस्ट हुन्छ।

देखाएका आश्वासनले पुर्णता नपाउदा
जनता हरु नेता प्रती अति रुष्ट हुन्छ।

धोका दिने नेता लाई हामी स्राप दिन्छौ
कुनै दिन उसलाई पक्कै कुस्ट हुन्छ।

Friday, 22 January 2016

क्षणहरु

कहाँ भुल्न सक्छु प्रिय बिताएका क्षणहरु
हुने वाला ज्वाइँ भनी चिनाएका क्षणहरु।

माया गर्ने कसरी हो मलाई थाहा थिएन
तिमीले नै सबै कुरा सिकाएका क्षणहरु।

छटपटी हुने गर्थ्यो तिमी कतै टाढा हुँदा
तिम्रो काखमा ढल्की म निदाएका क्षणहरु।

अर्कैलाई माया गर्छु भनी जिस्क्याउदा मैले
खाउला झैं गरी तिमी रिसाएका क्षणहरु।

कहिले काही मलाई ज्वरो आएको बेलामा
चिसो रुमाल निधारमा भिजाएका क्षणहरु।

उठाएको कुरा

निर्णय के गर्छौ मैले उठाएको कुरा
अझै मैले भन्न कति छुटाएको कुरा।

आउछु भनी देउरालीमा आउँदै आइनौ
रातै भरी त्यो जाडोमा कुराएको कुरा।

सोझै भने हुने थियो मन नपरे त
सत्य कुरा मन भित्रै लुकाएको कुरा

कहानीमै सिमित हुने भयो मेरो माया
तिमी लाई साच्चै मैले रुचाएको कुरा।

अन्तिम आस जुटाएर लिन आको थिए
चोर सम्झी तिम्रो बा'ले कुदाएको कुरा।

Thursday, 21 January 2016

कब्जियत हुन्छ

हिजोआज त मायाले कब्जियत हुन्छ
न प्रगति,न दुर्गति,यथावत हुन्छ।

अरु सित मस्त यता आफ्नो प्रेमिका
प्रेमी उता बिदेशमा कार्यरत हुन्छ।

अचम्म छ शैक्षिक नीति हाम्रो देशमा
परिक्षामा पास सय प्रतिशत हुन्छ।

सोझो भन्दा मूर्ख लाई छोरी दिने रे
किन भने मूर्ख संग हिफाजत हुन्छ।

अनापढ नेता हरु सत्तामा पुग्छन्
पढे-लेखेका हरुको अल्पमत हुन्छ।

पापी भयो

माया गर्दा तिमी लाई म नै पापी भयो
तिम्रो दिल दुखाउने लाई माफी भयो।

मैले बैना मार्दा मार्दै तिम्रो दिल्को जग्गा
भन किन अर्कै ब्यक्ती बाट दाबी भयो।

तिम्ले बसाइ सरे पछि यहाँ देखि टाढा
आजदेखि यो जिन्दगी खाली कापी भयो।

पत्थर जस्तै भाको तिम्रो मुटुको ढोकामा
मेरो लागि ताला लाग्यो,अन्तै चाबी भयो।

तिम्रो लागि मरि दिने पागल प्रेमी लाई
यो मायाको अदालतमा नाइन्साफी भयो।

सधैं ताजा बनी दिदा निस्ठुरीको याद
पीडा भुल्ने बहानामा म सराबी भयो।

Wednesday, 20 January 2016

भोजन पाए पछि

भोकोलाई बिर्सी दियौ भोजन पाए पछि
झिलिमिली पराईको आगन पाए पछि।

बेहोसीमै अगाल्यौ ती पर-पुरुष संग
उता बाट लट्ठ पार्ने चुम्बन पाए पछि।

एक गाँस खाना,लाउन दिन सक्थे मैले
भाग्यमानी ठान्यौ ठूलो भवन पाए पछि।

अहिले त मख्ख छौ नि धन अङ्गालेर
कुनै दिन थाहा होला चड्कन पाए पछि।

न त खान्छु, न त सुत्छु चोट परे पछि
तब ढुक्क हुन्छु माया कन्चन पाए पछि।

गजल हुन्छ होला

लेख्दै जादा मैले पनि गजल हुन्छ होला
असफल मान्छे भोलि सफल हुन्छ होला।

मूर्ख भनेर नसोच कसै लाई पनि
मान्छे भई जन्मे पछि अक्कल हुन्छ होला।

कम्जोर भए पनि नारी शारीरिक रुपमा
मानसिक रुपमा पक्कै अब्बल हुन्छ होला।

धेरै मूर्ख छोरा पाई के गर्नु र मित्र
यौटा सज्जन छोरा भए असल हुन्छ होला।

समय,परिस्थितिले कठोर बनायो
नत्र भने मन कति कोमल हुन्छ होला।

Tuesday, 19 January 2016

माया लाए पछि

सम्पतिको नाश भयो माया लाए पछि
जंगलको बास भयो माया लाए पछि।

निस्ठुरीले बिना दया माया मारे पछि
आज जिउदो लास भयो माया लाए पछि।

धेरै कुरा सिके मैले यो मायाको खेलमा
परीक्षामा पास भयो माया लाए पछि।

धेरै कुरा आश गरे माया लाउदा खेरी
नपाउदा उदास भयो माया लाए पछि।

झिलिमिली लाग्ने गर्थ्यो संसार कुनै बेला
अँध्यारो आकाश भयो माया लाए पछि।

प्रेम कहानीमा

आँखाले त उनी ताक्यो प्रेम कहानीमा
त्यो मनले उनी माग्यो प्रेम कहानीमा।

तिमी बिना पल पनि बाच्दिन भनेर
कसम खादा हात राख्यो प्रेम कहानीमा।

जुनी जुनी सयौ जुनी संगै बाच्ने भनी
देवी,देउता कति भाक्यो प्रेम कहानीमा।

दौड धुप गर्दा गर्दा उनी लाई पाउन
प्रेमी आज खुबै थाक्यो प्रेम कहानीमा।

तिम्रो लागि जस्तो पनि गर्न सक्छु भन्दै
कथाले त ज्यानै माग्यो प्रेम कहानीमा।

तिम्रो मायाले

बस्दा बस्दै उठायो तिम्रो मायाले
हास्दा हास्दै रुवायो तिम्रो मायाले।

हाम्रो माया पिरती थियो चर्चामा
दुनियाँ नै हसायो तिम्रो मायाले।

सफल्ताको शिखर चढ्दै थिए म
चढ्दा चढ्दै लडायो तिम्रो मायाले।

तिमी हुँदा म संग अमीर थिए म
आज जोगी बनायो तिम्रो मायाले।

यस्तो कतै भाको थेन माया प्रीतिमा
ईतिहासै रचायो तिम्रो मायाले।

माया गर्न जानेको भए

घर बस्थ्यो माया गर्न जानेको भए
बैश हुँदै एउटी लाई तानेको भए।

बनाउने थिए मैले मनकी रानी
कसैले त आफ्नो मान्छे ठानेको भए।

आमाले त सोध्दै थिई फोटो देखाई
मन पर्ने मोरी लाई छानेको भए।

जोगी भई कसैले नि हिन्नु पर्थेन
घरबार कसैले त धानेको भए।

हाम्रो प्रेम कहानीको सुखान्त हुन्थ्यो
पिरतीको त्यो डोरीले बानेको भए।

Monday, 18 January 2016

संसार कस्तो छ

जन्मैदेखि अन्धो छ उ संसार कस्तो छ
उसलाई माया गर्नेको मुहार कस्तो छ।

नसके नि बाहिरी ती आँखाले त देख्न
बुझिहाल्छ मानिसको बिचार कस्तो छ।

पक्षपात गरि दिन्छ भगवानले पनि
भाग्य लेख्ने तरीका र आधार कस्तो छ।

सधैं कति तड्पी बाच्नु अपाङ्गले यहाँ
कैले सम्म यस्तै हुन्छ,करार कस्तो छ।

सृजना यो ब्रम्हान्डको हजूरले गरे
भन प्रभु मान्छे बन्ने औजार कस्तो छ।

Sunday, 17 January 2016

गीत सुन्दा खेरी

निर्मोहीको यादआउँछ गीत सुन्दा खेरी
आँखा त्यसै रसाउछ गीत सुन्दा खेरी।

खिचेकोछु त्यही तस्वीर मुटुको माझमा
तस्वीर आफैं बताउछ गीत सुन्दा खेरी।

अतीतको ज्वालामुखी बिस्फोटन भएर
छाती त्यसै फटाउछ गीत सुन्दा खेरी।

मुटु दुख्ने मेरो मात्र हो कि यति बेला
अरु त मुस्कुराउछ गीत सुन्दा खेरी।

यो 'माङ'को कहानी त गीत संग मिल्दा
यो केटोले नि गाउँछ गीत सुन्दा खेरी।

ससुराली मन पर्छ

घर भन्दा पनि बढी ससुराली मन पर्छ
किनकि हिस्सी परेकी मेरी साली मन पर्छ।

मान्छे सेती भए पनि मन कालो हुन सक्छ
त्यसैले त आज भोलि दिलवाली मन पर्छ।

परिवर्तन आएको छ हाम्रो समाजमा धेरै
भित्र सबै देखिने ती,भन्छन् जाली मन पर्छ।

घत लाग्ने काम केही गर्ने हैन लठ्ठक हरु
तर सबै लाई यहाँ मात्र ताली मन पर्छ।

मग-मग बास्ना आउने फुल लाई छोडेर त
कसले भन्न सक्छ र मलाइ डाली मन पर्छ।

Saturday, 16 January 2016

प्यारो भयो तिमी लाई

म भन्दा नि अर्कै प्यारो भयो तिमी लाई
यो माया मेरो उधारो भयो तिमी लाई ।

बस्न खोज्दा ती आँखामा कोमल भएर
च्वास्स घोचीदिने छारो भयो तिमी लाई।

तिम्रो हरेक दु:खमा साथ दिदा मैले
पैसामा खट्ने कमारो भयो तिमी लाई।

'तिमी लाई माया गर्छु' भनी दिदा मैले
यी शब्द तातिने पारो भयो तिमी लाई।

तिम्रो मान्छेले त्यसरी धोका दिदा खेरी
"माङ"जस्तै सारो,गारो भयो तिमी लाई।

बदलिएछ

गाउँ बदलिएछ,शहर बदलिएछ
मलाई हेर्ने तिम्रो नजर बदलिएछ।

खेल्थ्यौ मिलीजुली नदी किनारमा
तिम्रो त्यो मन संगै बगर बदलिएछ।

सामान्य भई बाच्ने चाह हाम्रो थियो
जमाना अनुसार रहर बदलिएछ।

म बिनाको जीवन असम्भव थियो रे
मेरो चोखो मायाको असर बदलिएछ।

तिम्रो नाम पछाडी शेर्पा लेखीकी थ्यौ
तर आज कसरी त्यो थर बदलिएछ।

Friday, 15 January 2016

लड्दा लड्दै

गोर्खालीको नाम जान्छ डराएर म भागेमा
नरुनु है बाबा-आमा छातीमा गोली लागेमा।
यो देशको सिपाही हु लड्दा लड्दै मर्न सक्छु
फुल जस्तै ओइलिएर जमिनमा झर्न सक्छु।

हेर्न कहाँ सक्छु र म हाम्रो सिमा मिचेको
स्वाभिमानी नेपालीलाई थिचोमिचो गरेको।
बरु मेरो ज्यानै जाओस् केही त म गर्न सक्छु
नेपालीको दिल भित्र थोरै खुशी छर्न सक्छु।

खटिरन्छु देशको लागि दिन रात नभनेर
नलिनु है चिन्ता प्यारी दिनहरु ती गनेर।
हिम्मत छ यति ममा सागर पनि तर्न सक्छु
आशा गर्छु गरीबीको खाडल पनि भर्न सक्छु।

मुसुक्क हासेकी

पैलो चोटि भेट हुँदा मुसुक्क हासेकी
अर्को चोटि भेट हुँदा मायामा फसेकी
छुटिएर हिन्नु पर्दा पीरैमा परेकी
फेरि मलाइ सम्झेर बेसीमा झरेकी।

उन्कै याद्ले सताउछ टाढा हुँदा खेरी
मुटु मेरो छिया हुन्छ उनी रुदा खेरी
बिरानो यो देश बाट आउदैछु सम्झेर
हामीले लाएको माया हुने छैन खेर।

अर्कै संग माया गासी नभाग्नु प्रियसी
बिहेको लागि तयारी गरि राख्नु प्रियसी
जुनी जुनी भरी लाई नाता यो गासौला
रोए संगै रोउला प्रिय संगै नै हासौला।

जिन्दगी

कैले खुशी कैले गम छ जिन्दगी
जति जिए पनि कम छ जिन्दगी।

झुट्को साहराले के जिउनु यहाँ
त्यो भन्दा मर्नु उतम छ जिन्दगी।

औंसीझैं अँध्यारो कसैको जिन्दगी
कसैको सधैं रमझम छ जिन्दगी।

अर्को जुनी हुन्छ कि हुँदैन के था
जे गर्नुछ यो जनम छ जिन्दगी।

जिन्दगी आफैंमा खराब हुँदैन
सबैको लागि शुभम छ जिन्दगी।

Tuesday, 12 January 2016

भावना संग

खेलवाड भयो आज भावना संग
दैवले नि सुनेन कि प्रार्थना संग।

उनी संग आँखा जुध्नु संयोग थियो
घृणा लाग्छ सम्झेर त्यो घटना संग।

आधी-बेरी बनी आई गायब भई
तैपनि हुन्छु उनीकै सम्झना संग।

सुनौलो यो जिन्दगीको खाका कोरेथे
आज द्वन्द चर्किदैछ कल्पना संग।

सुन्दर यो संसारको निर्माण गरी
हरे दैव किन खेल्यौ रचना संग।

घाँसी भएको छु

पढी,लेखी काम छैन घाँसी भएको छु
अनपढ मान्छेको नै दासी भएको छु।

धोका खाई पिरतीमा केही बाकी छैन
माया खोजी भौतारिने प्यासी भएको छु।

ताजा,नयाँ माया पाउन दूर गयौ तिमी
म त अब तिम्रो लागि बासी भएको छु।

गरिएका मोज-मस्ती इतिहास बन्यो
कुप्रो पर्यो यो ज्यान अठासी भएको छु।

च्यापेर हिन्छन् सबैले हजारका नोट
कुल्ची हिन्ने चानचुने रासी भएको छु।

नदिए पछि

मरिहत्ते गरे पनि बाल नदिए पछि
हल्लाउँदा पनि कति चाल नदिए पछि।

सेतो सारी लगाउन बाध्य छिन् विधुवा
समाजले कसै गरी लाल नदिए पछि।

आफैं लाई घृणा गरी आत्म हत्या गर्दा
यमराजले उनी लाई काल नदिए पछि।

बजाउन जाने पो त बजी दिन्छ मादल
रिसाउनु ब्यर्थ हुन्छ ताल नदिए पछि।

भोक भोकै मर्न थाले दैवी प्रकोपले
सरकारले चामल र दाल नदिए पछि।

Saturday, 9 January 2016

शून्य भयो

गौथली नहुदा आकाश शून्य भयो
सुस्त सुसाउने बतास शून्य भयो।

बिदेशिए सबै गाउँका ठिटा हरु
टोल थर्काउने बदमास शून्य भयो।

फर्केछ लाहुरे कोसेली लिएर
हितैकी मायाको निराश शून्य भयो।

पर-निर्भर भयौं सम्पुर्ण कुरामा
स्वदेशमा खोज-तलास शून्य भयो।

बिदेशी हावाले उडायो संस्कृती
शुद्ध र असली बिन्दास शून्य भयो।

धोका भन्ने चीज खतरनाक हुन्छ
माया,पिरतीको आभास शून्य भयो।

मनै लोभ्याउने फुल झरे पछि
गुराँसमा पनि सुवास शून्य भयो।

Friday, 8 January 2016

ब्यस्त

कोही मान्छे यहाँ देखाउदैमा ब्यस्त
कोही आफ्नो नाम लेखाउदैमा ब्यस्त।

निको भाको छैन अझै पनि चोट
आफू भने घाउ सेकाउदैमा ब्यस्त।

बल्ल तल्ल खुशी आउन लाको थियो
तिमी मेरो खुशी छेकाउदैमा ब्यस्त।

सुख मिल्छ होला स्वर्ग पुगे पछि
जिन्दगीको भारी टेकाउदैमा ब्यस्त।

Wednesday, 6 January 2016

क्या दामी भयो

त्यता तिम्रो जीवन त क्या दामी भयो
यता मेरा सबै खुशी लिलामी भयो।

चारै तिर दु:ख,चोट खाएको मान्छे
सोझो थियो तर आज हरामी भयो।

एकाइसौ शताब्दीमा पुगेर पनि
डाक्टर बाट एक्कासी उ धामी भयो।

बर्सौ बर्ष लगाएर ईज्जत् कमा'थ्यो
कुपुत्रको कारणले बद् नामी भयो।

पढी,लेखी काम छैन भन्ने सोचले
"माङ" पनि हिजो आज बेकामी भयो।

ज्यानमारा हरु

उल्टै स्वर मचाउछन् ज्यानमारा हरु
बिर्सेका छन् आज भोलि अविभारा हरु।

आकाश शून्य देखिदैछ अन्धकार हुँदा
बिलाएर आशाका ती सबै तारा हरु।

जन्मेका छन् भाइहरु यो देशमा धेरै
मरेका छन् तर यहाँ भाईचारा हरु।

रास्टृयता,स्वाभिमानका कुरा गर्छन् ठुला
आत्मा- समर्पण गर्ने हुतिहारा हरु।

प्रदुषण बढ्दै जादा यो धर्तीमा आज
आँसु झारी बसेका छन् फेवा,रारा हरु।

Tuesday, 5 January 2016

बिस्वास नहुदा

चोखो माया खेर जान्छ बिस्वास नहुदा
मुटु तब पत्थर बन्छ आभास नहुदा।

चिरबिर गौथलीको, कोईलीको कुहु
कहाँ सुन्न पाइन्छ र आकाश नहुदा।

अहा कट्ट पानी पिउदा अम्खोरा बाट
पानीको के मूल्य हुन्छ र प्यास नहुदा।

माया प्रेम साट्न लाई केको आपत्ति छ
जिन्दगीको अर्थ छैन बिन्दास नहुदा।

रोजगार दे सरकार नेपालमा अब
हात मुख जोर्न गार्‍हो प्रबास नहुदा

Sunday, 3 January 2016

लगातार हुन्छ

किन घट्ना जिन्दगीमा लगातार हुन्छ
आफ्नै बाट पनि उल्टो ब्यवहार हुन्छ।

धेरै सन्तान जन्माएर गल्ती गर्छ मान्छे
सानो भए मात्र सुखी परिवार हुन्छ।।

सबै कुरा माथी बाटै नियोजित हुन्छ
जे जे हुन्छ उस्कै इच्छा अनुसार हुन्छ।

तेरो पनि दिन आउँछ भन्छ मेरो साथी
सोचेको छु कुनै दिन चमत्कार हुन्छ।।

कुनै दिन मान्छे पनि माथी जानै पर्छ
जानी कन मान्छे बाटै अत्याचार हुन्छ।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...