Wednesday, 6 January 2016

क्या दामी भयो

त्यता तिम्रो जीवन त क्या दामी भयो
यता मेरा सबै खुशी लिलामी भयो।

चारै तिर दु:ख,चोट खाएको मान्छे
सोझो थियो तर आज हरामी भयो।

एकाइसौ शताब्दीमा पुगेर पनि
डाक्टर बाट एक्कासी उ धामी भयो।

बर्सौ बर्ष लगाएर ईज्जत् कमा'थ्यो
कुपुत्रको कारणले बद् नामी भयो।

पढी,लेखी काम छैन भन्ने सोचले
"माङ" पनि हिजो आज बेकामी भयो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...