सम्पतिको नाश भयो माया लाए पछि
जंगलको बास भयो माया लाए पछि।
निस्ठुरीले बिना दया माया मारे पछि
आज जिउदो लास भयो माया लाए पछि।
धेरै कुरा सिके मैले यो मायाको खेलमा
परीक्षामा पास भयो माया लाए पछि।
धेरै कुरा आश गरे माया लाउदा खेरी
नपाउदा उदास भयो माया लाए पछि।
झिलिमिली लाग्ने गर्थ्यो संसार कुनै बेला
अँध्यारो आकाश भयो माया लाए पछि।
No comments:
Post a Comment