Thursday, 21 January 2016

पापी भयो

माया गर्दा तिमी लाई म नै पापी भयो
तिम्रो दिल दुखाउने लाई माफी भयो।

मैले बैना मार्दा मार्दै तिम्रो दिल्को जग्गा
भन किन अर्कै ब्यक्ती बाट दाबी भयो।

तिम्ले बसाइ सरे पछि यहाँ देखि टाढा
आजदेखि यो जिन्दगी खाली कापी भयो।

पत्थर जस्तै भाको तिम्रो मुटुको ढोकामा
मेरो लागि ताला लाग्यो,अन्तै चाबी भयो।

तिम्रो लागि मरि दिने पागल प्रेमी लाई
यो मायाको अदालतमा नाइन्साफी भयो।

सधैं ताजा बनी दिदा निस्ठुरीको याद
पीडा भुल्ने बहानामा म सराबी भयो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...