Sunday, 24 January 2016

जातको कुरा नगर

सिंगो देश टुक्राउन जातको कुरा नगर
मिलेर जुट्ने बेला औकातको कुरा नगर।

जुनै पार्टी आए पनि के नै गरेको छ र
जनतालाई फुटाउने बादको कुरा नगर।

नशा द्धारा लट्ठिएर सुत्ने बेला होईन
जुर्मुराई उठ्ने बेला मातको कुरा नगर।

जाल र झेलले यहाँ कसैको भलो हुन्न
हात्तीको त्यो देखाउने दातको कुरा नगर।

हामी सबै नेपाली हौं, को भनेर नसोध
सोचे सबै आफन्त,अज्ञातको कुरा नगर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...