पैलो चोटि भेट हुँदा मुसुक्क हासेकी
अर्को चोटि भेट हुँदा मायामा फसेकी
छुटिएर हिन्नु पर्दा पीरैमा परेकी
फेरि मलाइ सम्झेर बेसीमा झरेकी।
उन्कै याद्ले सताउछ टाढा हुँदा खेरी
मुटु मेरो छिया हुन्छ उनी रुदा खेरी
बिरानो यो देश बाट आउदैछु सम्झेर
हामीले लाएको माया हुने छैन खेर।
अर्कै संग माया गासी नभाग्नु प्रियसी
बिहेको लागि तयारी गरि राख्नु प्रियसी
जुनी जुनी भरी लाई नाता यो गासौला
रोए संगै रोउला प्रिय संगै नै हासौला।
No comments:
Post a Comment