बिकासका काम हरु सधैं सुस्त हुन्छ
भन सर्कार कैले छिटो,अनि चुस्त हुन्छ।
सबै नेता धोकेबाज भाकै हो नि यहाँ
कसले भन्छ नेता-जनता दुरुस्त हुन्छ?
दु:ख पाई जनता यहाँ हाड-छाला मात्र
नेता हरु मोटाएर हस्ट-पुस्ट हुन्छ।
देखाएका आश्वासनले पुर्णता नपाउदा
जनता हरु नेता प्रती अति रुष्ट हुन्छ।
धोका दिने नेता लाई हामी स्राप दिन्छौ
कुनै दिन उसलाई पक्कै कुस्ट हुन्छ।
No comments:
Post a Comment