Tuesday, 12 January 2016

भावना संग

खेलवाड भयो आज भावना संग
दैवले नि सुनेन कि प्रार्थना संग।

उनी संग आँखा जुध्नु संयोग थियो
घृणा लाग्छ सम्झेर त्यो घटना संग।

आधी-बेरी बनी आई गायब भई
तैपनि हुन्छु उनीकै सम्झना संग।

सुनौलो यो जिन्दगीको खाका कोरेथे
आज द्वन्द चर्किदैछ कल्पना संग।

सुन्दर यो संसारको निर्माण गरी
हरे दैव किन खेल्यौ रचना संग।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...