Sunday, 3 January 2016

आफैं परिन्छ

अरु गाड्ने खाल्डो खन्दा आफैं परिन्छ
अरु लाई मार्छु भन्दा आफैं परिन्छ।

अब चाडै मिति पुगी मर्ने हरुमा
कसै लाई गन्दा गन्दा आफैं परिन्छ।

नारी भई नारी लाई किन बेच्दैछौ
गराउदा कालो धन्दा आफैं परिन्छ।

दु:खी र गरीब लाई दु:ख दिएर
मनोमानी लिए चन्दा आफैं परिन्छ।

समय नै पुग्नु पर्छ चल्ला निस्कन
जानेरै फुटाए अन्डा आफैं परिन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...