Tuesday, 5 January 2016

बिस्वास नहुदा

चोखो माया खेर जान्छ बिस्वास नहुदा
मुटु तब पत्थर बन्छ आभास नहुदा।

चिरबिर गौथलीको, कोईलीको कुहु
कहाँ सुन्न पाइन्छ र आकाश नहुदा।

अहा कट्ट पानी पिउदा अम्खोरा बाट
पानीको के मूल्य हुन्छ र प्यास नहुदा।

माया प्रेम साट्न लाई केको आपत्ति छ
जिन्दगीको अर्थ छैन बिन्दास नहुदा।

रोजगार दे सरकार नेपालमा अब
हात मुख जोर्न गार्‍हो प्रबास नहुदा

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...