Sunday, 17 January 2016

गीत सुन्दा खेरी

निर्मोहीको यादआउँछ गीत सुन्दा खेरी
आँखा त्यसै रसाउछ गीत सुन्दा खेरी।

खिचेकोछु त्यही तस्वीर मुटुको माझमा
तस्वीर आफैं बताउछ गीत सुन्दा खेरी।

अतीतको ज्वालामुखी बिस्फोटन भएर
छाती त्यसै फटाउछ गीत सुन्दा खेरी।

मुटु दुख्ने मेरो मात्र हो कि यति बेला
अरु त मुस्कुराउछ गीत सुन्दा खेरी।

यो 'माङ'को कहानी त गीत संग मिल्दा
यो केटोले नि गाउँछ गीत सुन्दा खेरी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...