Saturday, 16 January 2016

प्यारो भयो तिमी लाई

म भन्दा नि अर्कै प्यारो भयो तिमी लाई
यो माया मेरो उधारो भयो तिमी लाई ।

बस्न खोज्दा ती आँखामा कोमल भएर
च्वास्स घोचीदिने छारो भयो तिमी लाई।

तिम्रो हरेक दु:खमा साथ दिदा मैले
पैसामा खट्ने कमारो भयो तिमी लाई।

'तिमी लाई माया गर्छु' भनी दिदा मैले
यी शब्द तातिने पारो भयो तिमी लाई।

तिम्रो मान्छेले त्यसरी धोका दिदा खेरी
"माङ"जस्तै सारो,गारो भयो तिमी लाई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...