लेख्दै जादा मैले पनि गजल हुन्छ होला
असफल मान्छे भोलि सफल हुन्छ होला।
मूर्ख भनेर नसोच कसै लाई पनि
मान्छे भई जन्मे पछि अक्कल हुन्छ होला।
कम्जोर भए पनि नारी शारीरिक रुपमा
मानसिक रुपमा पक्कै अब्बल हुन्छ होला।
धेरै मूर्ख छोरा पाई के गर्नु र मित्र
यौटा सज्जन छोरा भए असल हुन्छ होला।
समय,परिस्थितिले कठोर बनायो
नत्र भने मन कति कोमल हुन्छ होला।
No comments:
Post a Comment