Wednesday, 6 January 2016

ज्यानमारा हरु

उल्टै स्वर मचाउछन् ज्यानमारा हरु
बिर्सेका छन् आज भोलि अविभारा हरु।

आकाश शून्य देखिदैछ अन्धकार हुँदा
बिलाएर आशाका ती सबै तारा हरु।

जन्मेका छन् भाइहरु यो देशमा धेरै
मरेका छन् तर यहाँ भाईचारा हरु।

रास्टृयता,स्वाभिमानका कुरा गर्छन् ठुला
आत्मा- समर्पण गर्ने हुतिहारा हरु।

प्रदुषण बढ्दै जादा यो धर्तीमा आज
आँसु झारी बसेका छन् फेवा,रारा हरु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...