Monday, 18 January 2016

संसार कस्तो छ

जन्मैदेखि अन्धो छ उ संसार कस्तो छ
उसलाई माया गर्नेको मुहार कस्तो छ।

नसके नि बाहिरी ती आँखाले त देख्न
बुझिहाल्छ मानिसको बिचार कस्तो छ।

पक्षपात गरि दिन्छ भगवानले पनि
भाग्य लेख्ने तरीका र आधार कस्तो छ।

सधैं कति तड्पी बाच्नु अपाङ्गले यहाँ
कैले सम्म यस्तै हुन्छ,करार कस्तो छ।

सृजना यो ब्रम्हान्डको हजूरले गरे
भन प्रभु मान्छे बन्ने औजार कस्तो छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...