घर भन्दा पनि बढी ससुराली मन पर्छ
किनकि हिस्सी परेकी मेरी साली मन पर्छ।
मान्छे सेती भए पनि मन कालो हुन सक्छ
त्यसैले त आज भोलि दिलवाली मन पर्छ।
परिवर्तन आएको छ हाम्रो समाजमा धेरै
भित्र सबै देखिने ती,भन्छन् जाली मन पर्छ।
घत लाग्ने काम केही गर्ने हैन लठ्ठक हरु
तर सबै लाई यहाँ मात्र ताली मन पर्छ।
मग-मग बास्ना आउने फुल लाई छोडेर त
कसले भन्न सक्छ र मलाइ डाली मन पर्छ।
No comments:
Post a Comment