आफ्नो भनौदाले खुट्टा तानेर त बिदेशिए
केही गर्न सकिन्छ कि जानेर त बिदेशिए।
संगै बाच्ने संगै मर्ने कसम खाका प्रियसीले
चोखो माया छोडी धन छानेर त बिदेशिए।
धेरै बिग्र्यौ बिदेश जाउ बाबू अब भन्न थाले
बाबा-आमाको आदेश मानेर त बिदेशिए।
जनयुद्ध हुने बेला चपेटामा पर्नु परे
क्रान्तिकारीले सुराकी ठानेर त बिदेशिए।
उठी-बास गरायो नि भुकम्प र पहिरोले
गाउँ बाट झिटीझाम्टी बानेर त बिदेशिए।
No comments:
Post a Comment