Wednesday, 27 January 2016

र पो रोए

माया गर्ने मान्छे लाई तुच्छ देख्यौ र पो रोए
लातले मेरो छातीमा टेक्नु टेक्यौ र पो रोए।

त्यो दिलको बाटो हुँदै तिमी सम्म पुग्न खोज्दा
आधी बाटो म नपुग्दै बाटो छेक्यौ र पो रोए।

मरुभूमि जस्तै भा'छ आशाहरु जलि दिदा
त्यसै माथी तातो घामले सेक्नु सेक्यो र पो रोए।

खाई,पिई मोटाएको ठूलो,मोटो ज्यान लाई
कठै कम्जोर ती खुट्टाले धन्न थेग्यो र पो रोए।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...