गोर्खालीको नाम जान्छ डराएर म भागेमा
नरुनु है बाबा-आमा छातीमा गोली लागेमा।
यो देशको सिपाही हु लड्दा लड्दै मर्न सक्छु
फुल जस्तै ओइलिएर जमिनमा झर्न सक्छु।
हेर्न कहाँ सक्छु र म हाम्रो सिमा मिचेको
स्वाभिमानी नेपालीलाई थिचोमिचो गरेको।
बरु मेरो ज्यानै जाओस् केही त म गर्न सक्छु
नेपालीको दिल भित्र थोरै खुशी छर्न सक्छु।
खटिरन्छु देशको लागि दिन रात नभनेर
नलिनु है चिन्ता प्यारी दिनहरु ती गनेर।
हिम्मत छ यति ममा सागर पनि तर्न सक्छु
आशा गर्छु गरीबीको खाडल पनि भर्न सक्छु।
No comments:
Post a Comment