Tuesday, 19 January 2016

प्रेम कहानीमा

आँखाले त उनी ताक्यो प्रेम कहानीमा
त्यो मनले उनी माग्यो प्रेम कहानीमा।

तिमी बिना पल पनि बाच्दिन भनेर
कसम खादा हात राख्यो प्रेम कहानीमा।

जुनी जुनी सयौ जुनी संगै बाच्ने भनी
देवी,देउता कति भाक्यो प्रेम कहानीमा।

दौड धुप गर्दा गर्दा उनी लाई पाउन
प्रेमी आज खुबै थाक्यो प्रेम कहानीमा।

तिम्रो लागि जस्तो पनि गर्न सक्छु भन्दै
कथाले त ज्यानै माग्यो प्रेम कहानीमा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...