कहाँ भुल्न सक्छु प्रिय बिताएका क्षणहरु
हुने वाला ज्वाइँ भनी चिनाएका क्षणहरु।
माया गर्ने कसरी हो मलाई थाहा थिएन
तिमीले नै सबै कुरा सिकाएका क्षणहरु।
छटपटी हुने गर्थ्यो तिमी कतै टाढा हुँदा
तिम्रो काखमा ढल्की म निदाएका क्षणहरु।
अर्कैलाई माया गर्छु भनी जिस्क्याउदा मैले
खाउला झैं गरी तिमी रिसाएका क्षणहरु।
कहिले काही मलाई ज्वरो आएको बेलामा
चिसो रुमाल निधारमा भिजाएका क्षणहरु।
No comments:
Post a Comment