शहर छोडी तिमी संग टाढा जाउ लाग्छ
भाका हाली पिरतीको गीत गाउँ लाग्छ।
मेरा सबै कुरा हरु तिमी लाई सुम्पी
तिमी संग भा'का चीज पनि पाउ लाग्छ।
तिमी मेरो साथ हुँदा मरुभूमि पनि
स्वर्ग जस्तै सुन्दर र शान्त ठाउँ लाग्छ।
म बाट एक पाईला पर जादा पनि
हतारेर तिम्रै पछि म नि आउँ लाग्छ।
सधैं मीठो बोली राख मेरी प्यारी सानी
एक वचन लाए पनि ठूलो घाउ लाग्छ।
No comments:
Post a Comment