नाकाबन्दी हुँदा आज देशमा इन्धन छैन
कसरी देश बनाउने नेतामा चिन्तन छैन।
जता सुकै घर बनी शहरी-करण हुँदा
उजाड भए सबै तिर,हरिया ती वन छैन।
जसोतसो बाचे पनि कसैको माया विना
जिन्दगीको अर्थ छैन,मुटुमा धड्कन छैन।
सम्झौतामा जोडिएको कच्चा यो सम्बन्धमा
काम्बास्नाले मात्र जित्यो ,रसिलो गन्थन छैन।
आफू खुसी गरि हिन्छन,अरुको मतलब छैन
मान्छे भित्र मन छैन, गल्तीको मनन छैन।
No comments:
Post a Comment