बिदेशमा पैसा फल्ने बोट पाईन्छ
चुम्बक जस्ता गुलाबी ओठ पाईन्छ।
कसले भन्छ खाडीमा गर्मी छ भनी
पसिना नै नबगाई नोट पाईन्छ ।
हेर्दैनन् कसैले पनि स्वदेश बसी
राम्री भन्ने हरु बाटै चोट पाईन्छ।
गुन्द्रुक,ढिडो खानु पर्ने गाउँघरमा
यहाँ खाना मिठै,टाइ-कोट पाईन्छ।
"माङ" लाई डर हुन्छ एउटै कुरामा
केटी बाट जवानीमा खोट पाईन्छ।
No comments:
Post a Comment