साथी बाट नै बढायो दुरी फेसबुकले
कसैको बढायो चुरी-फुरी फेसबुकले।
सोच्दै नसोचेको घट्ना पनि घटाउछ
जीवनमा ल्याउछ आधीहुरी फेसबुकले।
फेक आइडी बनाएर फसाउछन् जालमा
एकान्तमा धसाउछन् छुरी फेसबुकले।
चोखो माया देखाउछन् धेरै जना संग
ब्यर्थै बसाउछन् कुरी-कुरी फेसबुकले।
कसैको त घरबार जोडी दिदा खेरी
पाई दिन्छ धन्यवाद मुरी फेसबुकले।
No comments:
Post a Comment