ज्यान बूढो भयो अब केटी ताक्नु हुन्न साथी
माने पेमे जप्ने बेला केके चाख्नु हुन्न साथी।
उन्नन्सय पुगिसक्यो पालो नाति-नातिनीको
बिसाउने बेला हो यो संसार हाक्नु हुन्न साथी।
चुपचाप बसी खानु जेजे दिन्छिन् बुहारीले
वाक्क-दिक्क हुने गरी अनेक माग्नु हुन्न साथी।
कैलेकाही ठाक्क-ठुक्क पर्छ छोरा नाति संग
यतिकैमा रिसाएर त्यसै भाग्नु हुन्न साथी।
"माङ" तिम्रो साथी हो नि भनी हाल सबै कुरा
भित्र भित्रै पाक्ने गरी मनमा राख्नु हुन्न साथी।
No comments:
Post a Comment