Friday, 8 January 2016

ब्यस्त

कोही मान्छे यहाँ देखाउदैमा ब्यस्त
कोही आफ्नो नाम लेखाउदैमा ब्यस्त।

निको भाको छैन अझै पनि चोट
आफू भने घाउ सेकाउदैमा ब्यस्त।

बल्ल तल्ल खुशी आउन लाको थियो
तिमी मेरो खुशी छेकाउदैमा ब्यस्त।

सुख मिल्छ होला स्वर्ग पुगे पछि
जिन्दगीको भारी टेकाउदैमा ब्यस्त।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...