Friday, 22 January 2016

उठाएको कुरा

निर्णय के गर्छौ मैले उठाएको कुरा
अझै मैले भन्न कति छुटाएको कुरा।

आउछु भनी देउरालीमा आउँदै आइनौ
रातै भरी त्यो जाडोमा कुराएको कुरा।

सोझै भने हुने थियो मन नपरे त
सत्य कुरा मन भित्रै लुकाएको कुरा

कहानीमै सिमित हुने भयो मेरो माया
तिमी लाई साच्चै मैले रुचाएको कुरा।

अन्तिम आस जुटाएर लिन आको थिए
चोर सम्झी तिम्रो बा'ले कुदाएको कुरा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...