Wednesday, 20 January 2016

भोजन पाए पछि

भोकोलाई बिर्सी दियौ भोजन पाए पछि
झिलिमिली पराईको आगन पाए पछि।

बेहोसीमै अगाल्यौ ती पर-पुरुष संग
उता बाट लट्ठ पार्ने चुम्बन पाए पछि।

एक गाँस खाना,लाउन दिन सक्थे मैले
भाग्यमानी ठान्यौ ठूलो भवन पाए पछि।

अहिले त मख्ख छौ नि धन अङ्गालेर
कुनै दिन थाहा होला चड्कन पाए पछि।

न त खान्छु, न त सुत्छु चोट परे पछि
तब ढुक्क हुन्छु माया कन्चन पाए पछि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...