मरिहत्ते गरे पनि बाल नदिए पछि
हल्लाउँदा पनि कति चाल नदिए पछि।
सेतो सारी लगाउन बाध्य छिन् विधुवा
समाजले कसै गरी लाल नदिए पछि।
आफैं लाई घृणा गरी आत्म हत्या गर्दा
यमराजले उनी लाई काल नदिए पछि।
बजाउन जाने पो त बजी दिन्छ मादल
रिसाउनु ब्यर्थ हुन्छ ताल नदिए पछि।
भोक भोकै मर्न थाले दैवी प्रकोपले
सरकारले चामल र दाल नदिए पछि।
No comments:
Post a Comment