Saturday, 9 January 2016

शून्य भयो

गौथली नहुदा आकाश शून्य भयो
सुस्त सुसाउने बतास शून्य भयो।

बिदेशिए सबै गाउँका ठिटा हरु
टोल थर्काउने बदमास शून्य भयो।

फर्केछ लाहुरे कोसेली लिएर
हितैकी मायाको निराश शून्य भयो।

पर-निर्भर भयौं सम्पुर्ण कुरामा
स्वदेशमा खोज-तलास शून्य भयो।

बिदेशी हावाले उडायो संस्कृती
शुद्ध र असली बिन्दास शून्य भयो।

धोका भन्ने चीज खतरनाक हुन्छ
माया,पिरतीको आभास शून्य भयो।

मनै लोभ्याउने फुल झरे पछि
गुराँसमा पनि सुवास शून्य भयो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...