घर बस्थ्यो माया गर्न जानेको भए
बैश हुँदै एउटी लाई तानेको भए।
बनाउने थिए मैले मनकी रानी
कसैले त आफ्नो मान्छे ठानेको भए।
आमाले त सोध्दै थिई फोटो देखाई
मन पर्ने मोरी लाई छानेको भए।
जोगी भई कसैले नि हिन्नु पर्थेन
घरबार कसैले त धानेको भए।
हाम्रो प्रेम कहानीको सुखान्त हुन्थ्यो
पिरतीको त्यो डोरीले बानेको भए।
No comments:
Post a Comment