Wednesday, 1 February 2017

झुटो माया

एउटा मुटु धुजा धुजा पारि गयाै टाढा
जानिन झुटकाे खेति गर्न लाए माया गाढा
(प्रतिमा)
के थियो खै उसको मनमा जान्न सकिन
छोडी जाने निस्ठुरीलाई तान्न सकिन।

तर मेरो मनले भने उनी खोजी रह्यो
बिछोडको छुरीले मुटुमा घोची रह्यो।
(माङ)
उमेरले छेक्छ भन्थे मनले छेक्ने रैछ
मुटु भित्र छुरा राेप्या कस्ले देख्ने रैछ।
(प्रतिमा)
सधैं भरी कुटु कुटु यो मुटु खानेकै
लाग्दोरछ माया हजुर छोडी जानेकै।
(माङ)
मुटु भित्र  छुरा राेप्ने तिम्रो बानी कस्ताे
असिम मेराे माया तिम्लाई भएछ सस्ताे
(प्रतिमा)
झलझली याद आउँछ माया लाएको
देउरालीलाई साक्षी राखी कसम खाएको।
(माङ)
साथ दिने प्रण गरेसी किन छोडी जानू
छोड्नु नै थियो त किन कसम खानु।

टाढी गयौ बैगुनी सपनीमा आउनु पर्दैन
बिपनीमा अब आँखामा छाउनु पर्दैन।

झुटो कसम खाने यहाँ स्वार्थीहरू  धेरै भेटिन्छन्
माया जस्ताे पवित्र शब्दकाे अस्तित्व मेट्दिन्छन्।
(प्रतिमा)

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...