Saturday, 18 February 2017

प्रजातन्त्र दिवस

दीन-दु:खीले एकसरो लाए
निमुखाले दुई छाक खाए
पीडित घाउले मलम पाए
मुहारमा मुस्कान छाए
त्यो दिन मनाउनेछु
प्रजातन्त्र दिवस।

गल्ली-गल्लीमा रक्तपात
नदीनाला बेचेर राष्ट्रघात
कथित काला-व्यापारी
अरबपति रातारात
जनताको आशामा तुषारापात
श्रमजीवी मर्माहत
यी सब रोकिएको दिन मनाउनेछु
प्रजातन्त्र दिवस।

न्यायको तराजु असमान
अपराधी लाई उल्टै सम्म्मान
निर्दोष हरुको अपमान
हत्याराहरुकै सान
इमानदार सुनसान
चोरहरुकै गुणगान
यस्ता कुव्यवस्थाको
अन्त्य भएको दिन मनाउनेछु
प्रजातन्त्र दिवस।

शहिदको सपना साकार
प्रगतिशील सरकार
जनतालाई रोजगार
देशमा बिकास अपार
सर्वसुलभ बजार
भएको दिन मात्र मनाउनेछु
प्रजातन्त्र दिवस।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...