Wednesday, 15 February 2017

नजाउ न कान्छी

नजाउ न कान्छी तर्केर
यो छाती पोल्छ चर्केर
पाए पछि तिम्रो पिरती
चाहिन्न कुनै ओखती।

तिमी नै मेरो जीवन
तिमी नै मेरो धड्कन
मैले लिने हर सासको
तिमी मेरो अक्सिजन।

दुई दिने हाम्रो चोलामा
नबोल मैच्याङ झर्केर
एकचोटि पाएको जीवन
फेरि-फेरि आउन्न फर्केर।

जीवनमा आउ प्यारी
शित्तल मलम बनेर
अब धेरै नतड्पाउ न
घाउमा नुनचुक छरेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...