अपार ममताकी खानी आमालाई सलाम छ
जगतकै मान्छु रानी ,आमालाई सलाम छ।
त्राहीत्राही भई दिन्छ्यौ,हत्तपत्त पुछिदिन्छ्यौ
नयनमा आउँदा पानी,आमालाई सलाम छ।
सन्ततिको कष्ट लाई टाढा टाढा भगाउन
गर्छ्यौ दु:ख जानी जानी,आमालाई सलाम छ।
भेदभाव छैन मनमा,स्वार्थी माया गर्दिनौ
छोराछोरी छानीछानी,आमालाई सलाम छ।
दिनरात खटिरहन्छ्यौ,सेवा गरि रहन्छ्यौ
कहिल्यै दिक्क नमानी,आमालाई सलाम छ।
No comments:
Post a Comment