मनुष्य मात्र यस्तो जाति हो जो कहिल्यै सन्तुष्ट हुन सक्तैनन्।जतिसुकै धनदौलत भए पनि काफी भएको महसुस हुँदैन।त्यति मात्र नभएर मान्छेका ईच्छा र चाहनाहरु असीमित हुन्छन्।ठिक त्यस्तै उसका यौन ईच्छा झन कहिल्यै तृप्त हुँदैन,हरहमेसा अतृप्त नै हुन्छ।तर कोही पुरुष यस्ता हुन्छन् कि उसलाई एउटा मात्र नारीले अपुग हुन्छ।त्यस्तै पुरुष मध्ये एक थिए-संजीव।उमेरले ४५ कटिसकेको थियोे।घरमा श्रीमती र जवान छोराछोरी भएपनि उ आफ्नो धनदौलतको आडमा भर्खरका केटीहरु खेलाएर हिड्न माहिर थिए।काठमाडौको कोटेश्वरमा चारतल्ले घर,महंगो गाडी र बैंक ब्यालेन्स टन्नै।तर ती सब पुँजी उसले आफ्नो बलबुतो र औकातले जोडेका थिएनन्।उ काठमाडौ बाहिरबाट आएर धनी बाउकी एक्ली सन्तान अर्थात छोरीलाई मायाजालमा पारेर सबै सम्पत्ति आफ्नो नाउँमा पास गर्न सफल भएका थिए।तत्पश्चात उसकी श्रीमती उसैको इशारामा नाच्ने कठपुतली हुन थालेकी थिई।घरमा काम गर्ने केटीसंग पूरै रात आफ्नै आँखा अगाडि रामलिला देखाउँदा पनि निरीह भएर बिरोध गर्न सकेकी थिईनन्।छोरा एम बी ए मा र छोरी स्टाफ नर्स पढ्न थालेका थिए।तर बाउ भने आफ्नै रंगीन संसारमा ब्यस्त।दिनप्रतिदिन नयाँ-नयाँ केटीसंग घुम्ने र मोजमस्ती गरेर ऐयासीको जीवन व्यतीत गर्नु उसको दिनचर्या भैसकेको थियो।न कसैको सल्लाह-सुझावलाई मनन गर्थ्यो न कसैलाई मान्छे नै गन्थ्यो।एउटी संग रासलिलामा मस्त हुँदै गर्दा सौगातको फोन आयो।
"अँ भन सौगात किन कल गरेको?म यहाँ महत्वपूर्ण काममा ब्यस्त छु।के काम पर्यो भनिहाल।"
"संजीव सर!हजुरको लागि मैले एउटी सुकुमारीको व्यवस्था गरेको छु।कहिले आउनुहुन्छ?"
"आजलाई म भ्याउँदिन,भोलि ठिक बिहानको दस बजे होटेल हायतमा लिएर आउ।ल बाइ!"
पुन:उ आफ्नो काममा ब्यस्त भयो।
सौगात उसको नजिक भएको धेरै भएको थिएन,त्यस्तै करीब ३/४ महिना भयो होला।एकदिन उ होटेल अन्नपूर्णमा आफ्नो यौन तृष्णा तृप्त गरेर मध्यरातमा घर फर्कँदै गर्दा ७/८ जना बाईक चढेका युवाहरुले गाडीको बाटो छेकेर हुन सम्मको धुलाइ गरे।त्यतिकैमा चलचित्रको नायक स्टाइलमा एक जना खाइलाग्दा लक्का जवान आएर उसलाई बचाएका थिए र हस्पिटल लगेर उपचार गराएका थिए।त्यो ब्यक्ति अरु कोही नभएर सौगात थियो।त्यही दिनदेखि सौगातले संजीवको मन जितेर उमेरले छोरा सरहको भए पनि गज्जबको साथी बनेका थिए।आफ्नो साथीले केटी मिलाइदिने भएपछि उसले मीठो सपना देख्न थाले।कल्पनाको सागरमा डुबुल्की मार्दै भोलिको प्रतिक्षामा रात गुजारे।
हिजोको कठिन कार्यले थाकेको संजीव मस्त निंदाइरहेको बेला सौगातको फोनले उसको मीठो निद्रा भंग गरिदियो।
"कति सुत्नुभएको संजीव सर?लौ फटाफट तयार भएर आउनुस्।तर म हायत होटलसम्म आउन नभ्याउने भएँ।ठमेलको स्वीट ड्रीम्स क्याफेमा आउनु,हामी त्यही हुनेछौं।छिटो गर्नुस्,नत्र मौका हातबाट उम्किन सक्छ सर।"
"ल ल म १५ मिनेटमा आइहालें।"
हत्तपत्त उठेर हातमुख मात्र धोएर गाडी चढेर ठमेलतर्फ प्रस्थान गरे।उसको हर्कतले आजित भैसकेका परिवारका कुनै सदस्यले उसलाई सोधखोज र रोकतोक गर्ने कुरै भएन।दिउँसै रंगीन सपना मनमा सजाउँदै ६० को स्पीडमा हुँइकिन थाल्यो।उ क्याफेमा पुग्दा सौगात र त्यो केटी चिया खाँदै रहेछन्।पहिलो नजरमै उ पागल भयो।त्यस्ती रुपसी उसले कहिल्यै देखेको थिएन।उनलाई देख्दै उसका अंग-प्रत्यंग सक्रिय हुन थाले।कहिले उनलाई बेडसम्म लैजाने भनेर उ एकदमै आतुर भयो।
"संजीव सर,उनी मेरी साथी सरु।हामी एउटै कलेजमा पढ्थ्यौं।बाँकी कुरा उनैसंग गर्नु।"
यति भनेर सरु उसको जिम्मामा छोडेर उ त्यहाँबाट बिदा भैहाल्यो।
संजीव भने सरुको जीउडाल हेरेरै अवाक भयो।अग्लो,पातलो,लाम्चो अनुहार,गुलाबको पुष्पदल जस्तै ओठ,बिपसा बासुका झैं नयन,शिल्प शेट्ठीको झैं मुस्कान र सन्नी लिओनको झैं हेराइ देखेर त्यहीँ ढल्ला झैं भयो।
"हेल्लो सर,कता हराउनुभएको?"-
यति भनेर सरुले हातले उसको आँखाको बाटो छेकिदिईन्।सरुको रुपको नशाले मातिएर बेहोस भैसकेको संजीव होसमा आउन निकैबेर लाग्यो।एकैछिनमा झसङ्ग हुँदै पूर्वावस्थामा आयो।
"चिया,कफी के लिन्छ्यौ सरु?"
"भो पर्दैन सर,भर्खर लिएँ।"
"म भएपछि चिन्ता नगर न।"
"उसो भए कफी लिउँ न फेरि।"
एकछिनमा कफीको चुस्की संगै प्रेमिल वार्तालाप गर्न थाले।
"म अरु केटी भन्दा बिल्कुल फरक छु सर।मलाई पुरुषले हैन,मैले पुरुषलाई युज गर्छु।मेरो एउटा शर्त मान्नुहुन्छ भने मात्र म तपाईंसंग जान तयार छु।मन्जुर छ?"
"पहिले शर्त त भन।"
"तपाईंले शुरुमा मलाई स्पर्श गर्न सक्नुहुन्न।सबै काम मबाट शुरु भएर मबाटै खत्तम हुनेछ।जे गर्छु मैले गर्छु र मैले जे भन्छु,तपाईंले आज्ञा पालन गर्नुपर्छ।"
स्वर्गकी अप्सरा झैं सुन्दरी केटीको शर्त मान्न उसलाई कुनै हिच्किचाहट भएन।उ त व्यग्र थियो,उनको समिपमा पुग्न।उनीसंगै स्वर्ग पुग्न।उसले दायाँबायाँ केही नसोची जवाफ दियो-
"ओके,डन।तर कति लिन्छ्यौ?"
"तपाईंको मनोमानी चल्ने भए रकम लिने थिएँ तर मेरो मनोमानी चल्ने भएकोले फ्री।"
अरुबेला बिना पैसा केही गर्न नसकेको कुरा सम्झेर आज फ्रीमा काम तमाम हुने सोचेर उ दंग थियो।
"यस्तो मौका न कहिले आयो,न कहिले आउनेछ,यही हो मौका।मोज गर केटा,मोज गर।"
उ मनमनै पुलकित हुँदै थियो।उसले एक हात गाडीको स्ट्रीङमा राखेर अर्को हात सरु तिर बढाउन थाल्यो।हत्तपत्त उसले शर्त सम्झ्यो र झट्ट हात आफैंतिर फिर्ता ल्यायो।तर उसको मन मानिरहेकै थिएन।गाडी एकछिन गौशालाको जाममा फस्यो।पशुपति क्षेत्रको वनजंगलको दृष्य अवलोकन गरेर केही बेर उनीहरू त्यतै मग्न भए।ट्राफिकले गाडी अगाडि बढाउने सिग्नल दियो।गाडी फेरि तेजले हुँइकिन थाल्यो।गाडी भन्दा तेज उसका ईच्छा र चाहना हुँइकिन थाले।उसले आफूलाई सम्हाल्नै सकिरहेको थिएन।पुनः उसले आफ्नो हात सरुतिर बढायो।स्पर्श गर्न नपाउँदै सरु कड्किन थालिन्।
"शर्त बिर्सनु भएको सर?"
"छैन,छैन।"
उसले मुख बिगार्दै हातलाई कन्ट्रोल गर्यो।
"तपाईंले मेरो शर्त मान्नुहोला जस्तो लागेन सर।"
"मान्छु किन नमान्नु।"
"कसम खानुस् मान्छु भनेर।"
"आमा कसम,भगवान् कसम,तिम्रो शर्त मान्न तयार छु।"
सरु जस्ती केटीको फेला कहिल्यै नपरेको उ अचम्म मान्दै उनलाई हेरिमात्र रह्यो।होटलमा पुगेपछि उनी कसरी प्रस्तुत होला भन्ने ब्यग्रताले उसलाई हायलकायल बनायो।गाडी पासाङल्हमु चोकमा पुग्यो।उसले शालिकलाई एकटकले हेर्यो।उसको पापी नजर शालिक भन्दा पनि शालिकको स्तनमा पुग्यो।आखिर बानी परिसकेको मान्छे न पर्यो।उसले आफ्नो नजर सरुको नजरसंग जुधायो।सरु अवाक भएर उसको हर्कत नियाल्दै थिई।सरुले थाहा पाएकोले आफू एक कामुक पुरुष भएर देखाउन सफल भएको ठहर गर्यो।गाडी होटल हायतको प्रबेशद्धारबाट भित्र छिर्दा सेक्युरिटी गार्डले सल्युट मार्यो।उसले आफूलाई एक सफल ब्यक्ति भएको महसुस गर्यो।आफ्नो औकात देखाउन फेरि एकपल्ट सरुको अनुहारमा हेर्यो।तर सरुको कुनै प्रतिकृया नपाएर निराश हुँदै गन्तव्य तिर प्रस्थान गर्यो।रिसेप्सनमा नाम दर्ता गरेर एक्सेस कार्ड लिएर दुवैजना शानदार डिलक्स रुममा प्रबेश गरे।फोन गरेर चौरासी ब्यन्जन मगाए।आफ्नो उदेश्य परिपूर्ति गर्ने प्रवल ईच्छा जागेर आयो तर बाचा-कसमको कारण आफूलाई निष्क्रिय बनाउन बाध्य थियो।घरीघरी सरुको शारीरिक सुन्दरताको अवलोकन गरेर चित्त बुझायो।केहीबेरमा थरीथरीका भोजन आइपुग्यो।सरुले दुईतीन पिस खाएर टोलाइरही।संजीव भने लडाइँ गर्ने साँढे झैं बलियो हुन दबाएर खान थाल्यो।खाइसकेपछि सरु बेडमा पल्टेर आराम गर्न लागी।उ भने सरुले कहिले शुरु गर्ली भनेर आतुर थियो।प्रतिक्षाको बाँध टुट्न लागेको थियो।उनी मुस्कुराउँदै उसलाई आज्ञा दिन थाली।
"सर्ट र पाइन्ट खोल्नुस्।"
एउटा सानो बालक झैं खुरुखुरु आज्ञा पालन गर्यो उसले।
"अब के गर्नुपर्यो सरु?"
"गन्जी पनि खोल्नुस्।"
खाएर मोजमस्ती गरेर लागेको भुँडी पुक्लुक्क देखियो।छाती भन्दा ठूलो देखिने भुँडीले उसको इज्जत फालेको अनुभव गर्यो।
"बेडमाथि पल्टिनुस्।"
सरुले मुस्कुराउँदै दिएको अर्को आज्ञा पनि मानेर उतानो परेर पल्ट्यो।अरु केटी भन्दा भिन्न किसिसमले प्रस्तुत भएकोले उसलाई मजा आइरहेको थियो।उनले ब्यागबाट लामो डोरी निकालेर हात-पाउ टमक्क लाएर बाँधीदिई।उ चलमल गर्न नसक्ने अवस्थामा पुग्यो।तैपनि उसलाई केही असहज भएन।अब उनी कुटिल हाँसो हाँस्न थाली।सरुको हाँसोको अर्थ बुझ्न हम्मेहम्मे नै भयो।ब्यागबाट धारिलो चक्कु निकालेर संजीवको घाँटीसम्म लगी।
"नजिस्क न सरु।यसरी पनि जिस्किन्छन् कोही?"
"कसले जिस्क्यायो र तपाईंलाई?मैले?हा हा हा हा!"
धारिलो चक्कु उसको छातीमा रोप्न थाली।
"ऐया सरु!यो के गरेकी?तिमी कलगार्ल हौ कि ज्यानमारा?"
"तपाईं जे सोच्नुस् त्यही हुँ म।तर तपाईंको यौन तृष्णा मेट्न म आएकी हैन।"
ब्यागबाट नेल कटर निकालेर उनले उसको नङ थुत्न लागी।बेडमा रगत बग्न थाल्यो।उसको आर्तनादले रुम गुन्जायमान भयो।यस्ती सुन्दरी युवतीको दिल त्यति कठोर होला भनेर उसले कल्पनासम्म पनि गरेको थिएन।एक्कासी उसको छातीमा भएको बज्रपातले उसलाई पीडा त दियो नै।तर कहिल्यै नभएको आश्चर्यचकित हुँदै घाइते सिपाही झैं भएर पनि अझै उनको जुनेली मुहार नियाल्दै थियोे।
"तिमी को हौ?म बाट के चाहन्छ्यौ?भन कति पैसा चाहियो तिमीलाई?नम्र भएर भनेको भए तिम्रो लागि म करोडौं खर्च गर्ने थिएँ।"
"तपाईंको पैसा तपाईं नै राख्नुस् महाशय!हरेक कुरा र चीजलाई पैसासंग तुलना नगर्नुहोस्!घाटको यात्रामा निस्किंदा खाली,चिल्लै र नांगै जानुपर्छ।सम्पतिको धम्की दिनुपर्दैन।"
यति भनेर ब्यागबाट एक हातको लट्ठी निकालेर उसको शरीरमा बर्साउन थाली।पैतालामुनिबाट लट्ठीले प्रहार गर्दा मलद्धारबाट दिशा निष्कासित भएर दुर्गन्ध आउन थाल्यो।शरीरभरी निलडामहरु देखिए।
"अब त भन।तिमी के चाहन्छ्यौ?"
ब्यागबाट एउटा फोटो निकालेर देखाउँदै भनी-
"उहाँलाई चिन्नुहुन्छ?"
फोटो हेरेर उ खुत्रुक्कै भयो।ठूल्ठूला आँखाले फोटोमा हेर्यो र चिन्छु भन्ने पाराले शीर हल्लायो।त्यतिन्जेलसम्ममा सरुको आँखामा पनि अश्रु बर्सिन थालिसकेको थियो।क्षणक्षणमा मुस्कान,गाली र अश्रुले उनको कहालीलाग्दो कथातर्फ संकेत गरेको भान हुन्थ्यो।
"को हो यो?"-चिच्याउंदै सोधी उनले।
"प्रतिमा।"
यति भनिसकेर उ अतीतको भूमरीमा खस्न पुग्यो।
दोलखा जिल्लाको बिकट गाउँ चंखुबाट अध्ययनको शिलशिलामा संजीव करीब २५ बर्ष पहिले सदरमुकाम चरिकोटमा अवस्थित गौरीशंकर क्याम्पसमा भर्ना भएको थियो।त्यही दौडानमा पवटी गा.बि.स. बाट अध्ययनकै खातिर आएकी प्रतिमासंग चिनजान र भेटघाट भएको थियो।दिनप्रतिदिन उनीहरुको मित्रता गाढा हुँदै गएर प्रेममा परिणत भयो।अब उनीहरू एउटै कोठामा बस्न थाले,जसरी श्रीमान र श्रीमती बस्छन्।प्रेम सम्बन्धले उनीहरुको पढाइलाई खासै नोक्सानी गरेन।उनीहरू बीचको सम्बन्ध नङ-मासुको सम्बन्ध झैं भयो।ढुंगाको भर माटो र माटोको भर ढुंगा भने झैं उनीहरूको सम्बन्ध निकै प्रगाढ हुँदै थियो।गौरीशंकर हिमाल,कालिन्चोक,भीमसेन र तामाकोसीले उनीहरुको कृयाकलापलाई नियाल्दै थिए।चरिकोटको सिरसिरे हावाले पनि उनीहरुको प्रेमको आगोमा घिउ थप्ने काम गरे।त्यहाँका सल्लाघारीले रोमान्स गर्न प्रेरित गरे।प्रेमको अन्तिम बिन्दु र गन्तव्य सेक्स भनिए झैं उनीहरुले आफ्ना जवानी पनि साटासाट गरे।पढाई भन्दा उनीहरू शारीरिक सम्पर्कमा नै तल्लीन भए।प्रेम गर्ने बहानामा गरिएको गल्तीको नतिजा आखिरमा भयंकर निस्क्यो।प्रतिमाको रजस्वला रोकियो।तल्लो पेट दिनप्रतिदिन ठूलो हुँदै गयो।के गर्ने र कसो गर्नेको दुबिधामा फसेका उनीहरुले सही निर्णय लिन सकेनन्।बाउबाजेको सम्पतिको आडमा संजीवको निकै नै चुरीफुरी थियो।सम्पति भए केटी नाथे कति पाइन्छन् कति भन्ने दरिद्र मानसिकता भएको उसले कसरी प्रतिमालाई आफ्नो बाटोबाट पन्छाउने भनेर योजना बुन्न थाल्यो।राम्रो अस्पतालमा चेकअप गराउने आश्वासन दिएर प्रतिमालाई लिएर काठमाडौ आए।तर त्यहाँ पुगेपछि उसले प्रतिमाको गर्भ पतन गर्नुपर्ने धारणा राखे।
"बरु हामी बिहे गरेर भए पनि यो बच्चालाई जन्म दिउँ न संजीव।गर्भमा आएको पहिलो सन्तानको हत्या कसरी गर्ने भन त?"
"तिमीले के सोचेकी छ्यौ?तिमी जस्ती दुई कौडीको केटीलाई बिहे गरेर आफ्नो जीवन बर्बाद पारौं?तिम्रो र मेरो औकात हेर त,आकाश-पातलको फरक छ।तिमीले कसरी सोच्न सक्यौ मेरो धर्मपत्नी बन्ने?खुरुक्क म सित आउ गर्भपतन गर्न।"
यति भन्दै उसले प्रतिमाको चुल्ठोमा समाएर ट्याक्सीमा हाल्यो।बिचरी उनी दुई जीउ भएको माथि पीडा सहँदै लुरुक्क परेर ट्याक्सीमा पसिन्।
"ड्राइभर!चावहिलको मेरी स्टोपमा गएर रोक्ने!"
उसको कडा आदेशको पालन गर्दै ट्याक्सी भनेकै स्थानमा रोक्यो।
"चल हिंड।खुबैको सपना देखेकी छेस् मसंग बिहे गर्ने!"
पछिबाट धक्का मार्दै मेरी स्टोप अस्पतालमा लगेर गए।अस्पतालमा पुगेपछि एकाउन्ट सेक्सनमा पैसा जम्मा गर्नुको सट्टा उसले हजार-हजारका नोटहरुको बिट्टाले उनको अनुहारमा हान्दै भन्यो-
"यो पैसाले गर्भपतन गराउने र आईन्दा मेरो सामू कहिल्यै नपर्ने।आफ्नो औकात भुलेर ठूलो सपना देख्नुको नतिजा यस्तै हुन्छ।"
त्यतिमात्र भनेर उ फटाफट अस्पतालबाट बाहिरियो भने प्रतिमा भने बाध्य भएर एकाउन्ट सेक्सनमा पैसा जम्मा गर्न गईन्।एकपटक उनले आफ्नो मन र भाग्यलाई दोष दिई।तत्पश्चात उनीहरुको कहिल्यै भेटघाट भएन।
अतीतका सबै घटनाक्रमको स्मरण गरिसकेपछि उसले आफ्नो गल्तीको अनुभूत गर्यो।
"बहिनी!मैले जीवनमा एउटा भयंकर गल्ती गरेको रहेछु।म उनको माफीको लायक त छैन तर भेट भए एकपटक माफी मागेरै छोड्छु,चाहे उनले माफी दिउन् या नदिउन्।प्रतिमा अचेल कहाँ र कुन हालतमा छे?तिमीले कसरी चिन्यौ?तिम्रो को हो प्रतिमा?"
"पर्खनुस्,सबै कुरा बिस्तारै थाहा हुनेनैछ,नआतिनुस्।"
यति भनेर उनले फोन गरेर कसैलाई फलानो होटलको फलानो रुममा आउ भनेर बोलाई।यतिन्जेलसम्ममा बेड रगतम्य भैसकेको थियो।पाँचतारे होटलको लक्जरी रुममा सजिएका सामानहरुले उसलाई हेरेर जिस्क्याउँदै थिए।झलमल र सुन्दर देखिने सबै चीज लाभदायक नहुनेरहेछ भन्ने कुराको हेक्का भयो उसलाई।केहीबेरमा त्यो रुममा एकजना बुढी आइमाई र युवक प्रबेश गरे।उनीहरुलाई देखेर संजीव एकछिन आश्चर्यचकित र अवाक भएर ट्वाल हेरिमात्र रह्यो।युवकलाई त उसले एकै नजरमा पहिचान गर्न सक्यो।युवक अरु कोही नभएर उसैको युवा साथी सौगात थियो।
"सौगात!तिमी यहाँ?कसरी?"
सौगात एकछिन मुस्कुराइरह्यो।आइमाई लाई पनि कतै चिने जस्तो,देखे जस्तो लाग्यो।निकैबेरको अन्दाजपछि उसले नचिन्ने कुरै भएन।उनी थिइन्-प्रतिमा,जसलाई २५ बर्ष पहिले गर्भवती बनाएर गर्भपतनको लागि अस्पतालमा लगेर छोडेको थियो।
"प्रतिमा!तिमी?"
"दुष्ट मनुष्य!मेरो नाम लिनुपर्दैन।धोकेवाज!मोजमस्ती गर्ने बेला गर्यो अनि मुश्किलमा अलपत्र पारेर छोड्यौ हैन?तँ मानव हैन,दानव होस्।"-प्रतिमाले तथानाम गाली दिई।
"अनि सौगात!तिमी को हौ र सरु को हुन्?"-उसले उत्सुक हुँदै सोध्यो।
"सरु मेरी साथी नभई दिदी हुन्।उनी कुनै कलगार्ल हैनन्।हामी प्रतिमाकै छोराछोरी हौं।"-सौगातले बेलिबिस्तार लगायो।
"ए प्रतिमा!तिमीले बिहे गर्यौ?राम्रो गर्यौ प्रतिमा तिमीले बिहे गरेर।सौगात जस्तो छोरा र सरु जस्ती छोरी पाएकी छ्यौ।यदि सक्छ्यौ भने मलाई माफ गरिदेउ प्रतिमा।प्लीज मलाई माफ गरिदेउ।अनि खै त तिम्रो श्रीमान?"-थरथर काँपिएको स्वरमा संजीवले सोध्यो।
"मरिसक्यो।हो मरिसक्यो।"-प्रतिमा चिच्याई।
केहीबेर रुममा सन्नाटा छायो।कसैले केही बोलेनन्।१०/१५ मिनेटको मौनतालाई तोड्दै संजीब बोल्न थाल्यो।
"अनि सौगात!के तिमीले मलाई पहिल्यै देखि चिन्थ्यौ र?यो खेलको खेलाडी सायद तिमी नै हुनुपर्छ।तिमीलाई त मैले एउटा असल साथी सम्झेको थिएँ तर तिमी धोकेवाज निस्क्यौ।"
सौगात पनि मुस्कुराउँदै बोल्न थाल्यो-
"हो,मै हुँ खेलाडी।तर तपाईं जस्तो धोकेवाज म हैन।केही महिना पहिले गुन्डा लगाएर आक्रमण गर्न लाउने पनि म नै थिएँ र बचाउने पनि।तपाईंलाई सरप्राइज दिन चाहन्थें।सफल पनि भएँ।तपाईंको मन जित्न कठिन होला भन्ठानेको थिएँ तर एक चुट्कीको भरमा मैले जितें।त्यसपछि मैले दिदीलाई कलगार्ल जस्तो बनाएर तपाईंसंग भेट गराएँ।हा हा हा हा।मजा आएन त?"
संजीवको बोली बन्द भए झैं भयो।अक्मकिएर बोल्न थाल्यो-
"ठिकै छ तिमीहरू प्रतिमाका छोराछोरी रहेछौ।मैले गल्तीको सजाय भोगें।म आफ्नो पापको प्रायश्चित गर्न चाहन्छु।म पापी हुँ प्रतिमा,म पापी हुँ।धेरै समयपछि आज मेरो आँखा खुले।
"हा हा हा हा हा,अझै एउटा सबभन्दा ठूलो सरप्राइज दिन त बाँकी नै छ।मम्मी!तपाईं आफैं दिनुस् उहाँलाई सरप्राइज।"-सौगातको चर्को आवाजले पूरै रुम थर्कियो।
"सुन पापी संजीव!तिमीले त पैसाको बिट्टाले मेरो अनुहारमा हानेर गैहाल्यौ।शुरुमा एकमनले त सोचें-गर्भपतन गरेर गर्भको बच्चालाई मारिदिउँ।तर अर्को मनले सोचें-बिचरा गर्भको भ्रुणको के दोष?दोषी त हामी थियौं।गर्भपतन गर्न छोडेर म त्यहाँबाट बाहिरिएँ।घृणाको दृस्टिकोणले दिएको पैसालाई जलाउन मन थियो तर अभावले त्यसो गर्न दिएन।काठमाडौमै कोठा भाडामा लिएर बसेँ।छ महिनापछि मैले जुम्ल्याहा छोराछोरी शकुसल जन्माएँ।एक सौगात र अर्की सरु!यी तिम्रा छोराछोरी हैनन्,सिर्फ मेरा!बुझ्यौ पापी?सिर्फ मेरा!"
यति भन्दै प्रतिमा रुन थालिन्।सरु र सौगात गएर आमाको आँखामा आँसु पुछिदिए।संजीव अक्क न बक्क भयो।एकछिन त उ शालिक जस्तो भयो।अनि भयो निर्जीव पत्थर जस्तो।उसको आँखामा अश्रुभेल आइसकेको थियो।सरुको अनुहारमा हेरेर ग्वाँ-ग्वाँ रुन थाल्यो।अब स्थिति साम्य भैसकेको थियो।प्रतिमा र छोराछोरीले बदला लिइसकेका थिए।बदला भन्दा पनि गतिलो सवक सिकाइसकेका थिए।संजीवले पनि आफ्नो पापको प्रायश्चित गरिसकेको थियो।सौगातले संजीवको हातखुट्टा खोलेर स्वतन्त्र गरिदियो।उसको जीवनमा एकैछिनमा आँधीबेहेरी आएर उथलपुथल बनाइसकेको थियो।उसको मनमा आमूल परिवर्तन आयो।आईन्दा परस्त्रीलाई सीधा नजरले पनि नहेर्ने प्रण गर्यो।सरासर गएर सरुको पाउ ढोगेर माफी माग्यो।सरुले आफ्नो बाबालाई माफ गरिहाली।उसले प्रतिमालाई पनि माफी मागे।एउटी महान नारीको नाताले उनले पनि आफ्नो पतिलाई माफ गरी।छोरा सौगात पनि आफ्नो बाबाको अंगालोमा बेरिन पुग्यो।तत्पश्चात उनीहरु अस्पतालमा गएर उसलाई मलमपट्टी र औषधि उपचार गरे।धेरै आग्रहपछि सबै संजीवको घर अर्थात उनीहरूको आफ्नो घर गए।त्यो घरमा चार छोराछोरी,दुई आमा र एक सज्जन बाबा भए।त्यो घर बल्ल घर जस्तो भयो।सुन्दर,शान्त र विशाल घर।
Wednesday, 8 February 2017
सुध्रिएको घर
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment