पिठो त पिन्ने घट्टाले
धेरै त मै हुँ नभन
उडाइ लान्छ केटाले
भुइँ बस शेर्पीनी भुइँ बस
बैशमा त्यसै नबस।
(केटा)
छक्का,सत्ता ,अट्ठाले
कमाउनुपर्छ सम्पति
जिन्दगी चल्दैन ठट्ठाले
नाच्यो शेर्पा नाच्यो
कसको जालमा फस्यो।
(केटी)
फूल त फुल्यो गुराँस
म तिम्रो माया पर्खिन्छु
हुने त छैन निराश
घुम्दे शेर्पीनी घुम्दे
नानी पो रोयो नुम दे।
(केटा)
टङ टङ बज्ने टुङ्नाले
धनी बाउकी छोरीलाई
कसरी पाल्छ थाङ्नाले
लौ भन शेर्पा लौ भन
पाईन्न चोर्न यो मन।
(केटी)
वर र पिपल पातले
मजाले पाल्छु तिमीलाई
यही मेरो पारखी हातले
नाच्यो शेर्पीनी नाच्यो
बारुली कम्मर भाँच्यो।
(केटा)
सर्लक्क जिरी बजार
तिमी जस्तो केटा त
पछाडि मेरो हजार
हुर हुर कान्छा हुर हुर
नगर धेरै फुर फुर।
(केटी)
बैशको बेला दस वटा पोई
रुपको घमण्ड नगर
मर्ने बेला कोई न कोई
ख्याल गर शेर्पीनी ख्याल गर
तिमी लाई पाउने रहर।
(केटा)
हामी त स्वर्गको अप्सरा
आमाकी एक्ली छोरी हुँ
झारेर दिउँला बङगरा
कठै शेर्पा कठै
हामीलाई देखेर मख्खै।
(केटी)
मकै भुटी फूल उठ्यो
एउटा सोझो शेर्पालाई
शेर्पीनीको हुल उठ्यो
ऐया शेर्पीनी ऐया
भन्दिन अब मैयाँ।
No comments:
Post a Comment