नजानेर होकि कतै जानाजान बनायौ
बोलाउँदा नसुन्ने कस्तो कान बनायौ।
माया फल्ने उर्भर भूमि थियो मेरो मुटु
तर आज मेरो छाती रेगिस्तान बनायौ।
पिरतीका धुन हरु गुन्जिरहन्थे कानमा
बिछोडको तीर रोपी सुनसान बनायौ।
अरे दैव एउटा प्रश्न गर्छु तिमी लाई
मुटु तोड्न सक्ने कस्ती महान बनायौ।
हुने रहेछ अचम्मको पिरतीको खेल
शुरु गर्नेले नै जित्ने मैदान बनायौ।
No comments:
Post a Comment