मन्द त्यो मुस्कान तिम्रो
पिपलपाते ओठले
फक्रेको फूल जस्तो तिमी
हाँसेर दिंदा मज्जाले
लट्ठै पार्यो नि गालाले
शेर्पीनी हिंन्दाको चालले।
परी जस्ती मोरी देख्दा
माया जालमा फसेछु
बदामी आँखा झिम्क्याउँदा
कन्ला मुनि पो खसेछु।
टुङना डम्फुको तालले
शेर्पीनी हिन्दाको चालले।
बैशले मातेकी कान्छीलाई
माया लाउँ की मोहनी लाउँ
तिमी सितै घरजम गर्छु
भगाइ दिउँ कि माग्न आउँ।
यौवन बग्दाको छालले
शेर्पीनी हिन्दाको चालले।
No comments:
Post a Comment