मनुष्य मात्र यस्तो जाति हो जो कहिल्यै सन्तुष्ट हुन सक्तैनन्।जतिसुकै धनदौलत भए पनि काफी भएको महसुस हुँदैन।त्यति मात्र नभएर मान्छेका ईच्छा र चाहनाहरु असीमित हुन्छन्।ठिक त्यस्तै उसका यौन ईच्छा झन कहिल्यै तृप्त हुँदैन,हरहमेसा अतृप्त नै हुन्छ।तर कोही पुरुष यस्ता हुन्छन् कि उसलाई एउटा मात्र नारीले अपुग हुन्छ।त्यस्तै पुरुष मध्ये एक हुन्-संजीव।उमेरले ४५ कटिसकेको छ।घरमा श्रीमती र जवान छोराछोरी छन्।तैपनि उ आफ्नो धनदौलतको आडमा भर्खरका केटीहरु खेलाएर हिड्न माहिर छन्।काठमाडौको कोटेश्वरमा चारतल्ले घर,महंगो गाडी र बैंक ब्यालेन्स टन्नै छ।तर ती सब पुँजी उसले आफ्नो बलबुतो र औकातले जोडेका होइनन्।उ काठमाडौ बाहिरबाट आएर धनी बाउकी एक्ली सन्तान अर्थात छोरीलाई मायाजालमा पारेर सबै सम्पत्ति आफ्नो नाउँमा पास गर सफल भएका थिए।तत्पश्चात उसकी श्रीमती उसैको इशारामा नाच्ने कठपुतली हुन थालेकी थिई।घरमा काम गर्ने केटीसंग पूरै रात आफ्नै आँखा अगाडि रामलिला देखाउँदा पनि निरीह भएर बिरोध गर्न सकेकी थिईनन्।छोरा एम बी ए मा र छोरी स्टाफ नर्स पढ्न थालेका छन्।तर बाउ भने आफ्नै रंगीन संसारमा ब्यस्त हुन्छ।दिनप्रतिदिन नयाँ केटीसंग घुम्ने र मोजमस्ती गरेर ऐयासीको जीवन व्यतीत गर्नु उसको दिनचर्या भैसकेको छ।न कसैको सल्लाह-सुझावलाई मनन गर्छ न कसैलाई मान्छे नै गन्छ।एउटी संग रासलिलामा मस्त हुँदै गर्दा सौगातको फोन आउँछ।
"अँ भन सौगात किन कल गरेको?म यहाँ महत्वपूर्ण काममा ब्यस्त छु।के काम पर्यो भनिहाल।"
"संजीव सर!हजुरको लागि मैले एउटी सुकुमारीको व्यवस्था गरेको छु।कहिले आउनुहुन्छ?"
"आजलाई म भ्याउँदिन,भोलि ठिक बिहानको दस बजे होटेल हायतमा लिएर आउ।ल बाइ!"
पुन:उ आफ्नो काममा ब्यस्त भयो।
सौगात उसको नजिक भएको धेरै भएको छैन,त्यस्तै करीब ३/४ महिना भयो होला।एकदिन उ होटेल अन्नपूर्णमा आफ्नो दैनिकी पूर्ण गरेर मध्यरातमा घर फर्कँदै गर्दा ७/८ जना बाईक चढेका युवाहरुले गाडीको बाटो छेकेर हुन सम्मको धुलाइ गरिरहेका थिए।त्यतिकैमा चलचित्रको नायक स्टाइलमा एक जना खाइलाग्दा लक्का जवान आएर उसलाई बचाएका थिए र हस्पिटल लगेर उपचार गराएका थिए।त्यो ब्यक्ति अरु कोही नभएर सौगात थियो।त्यही दिनदेखि सौगातले संजीवको मन जितेर उमेरले छोरा सरहको भए पनि गज्जबको साथी बनेका थिए।आफ्नो साथीले केटी मिलाइदिने भएपछि उसले मीठो सपना देख्न थाले।कल्पनाको सागरमा डुबुल्की मार्दै भोलिको प्रतिक्षामा रात गुजारे।
हिजोको कठिन कार्यले थाकेको संजीव मस्त निंदाइरहेको बेला सौगातको फोनले उसको मीठो निद्रा भंग गरिदियो।
"कति सुत्नुभएको संजीव सर?लौ फटाफट तयार भएर आउनुस्।तर म हायत होटलसम्म आउन नभ्याउने भएँ।ठमेलको स्वीड ड्रीम्स क्याफेमा आउनु,हामी त्यही हुनेछौं।छिटो गर्नुस्,नत्र मौका हातबाट उम्किन सक्छ सर।"
"ल ल म १५ मिनेटमा आइहालें।"
हत्तपत्त उठेर हातमुख मात्र धोएर गाडी चढेर ठमेलतर्फ प्रस्थान गरे।उसको हर्कतले आजित भैसकेका परिवारका कुनै सदस्यले उसलाई सोधखोज र रोकतोक गर्ने कुरै भएन।दिउँसै रंगीन सपना मनमा सजाउँदै ६० को स्पीडमा हुँइकिन थाल्यो।उ क्याफेमा पुग्दा सौगात र त्यो केटी चिया खाँदै रहेछन्।पहिलो नजरमै उ पागल भयो।त्यस्ती रुपसी उसले कहिल्यै देखेको थिएन।उनलाई देख्दै उसका अंग-प्रत्यंग सक्रिय हुन थाले।कहिले उनलाई बेडसम्म लैजाने भनेर उ एकदमै आतुर भयो।
"संजीव सर,उनी मेरी साथी सरु।हामी एउटै कलेजमा पढ्थ्यौं।बाँकी कुरा उनैसंग गर्नु।"
यति भनेर सरु उसको जिम्मामा छोडेर उ त्यहाँबाट बिदा भैहाल्यो।
संजीव भने सरुको जीउडाल हेरेरै अवाक भयो।अग्लो,पातलो,लाम्चो अनुहार,गुलाबको पुष्पदल जस्तै ओठ,बिपसा बासुका झैं नयन,शिल्प शेट्ठीको झैं मुस्कान र सन्नी लिओनको झैं हेराइ देखेर त्यहीँ ढल्ला झैं भयो।
"हेल्लो सर,कता हराउनुभएको?"-
यति भनेर सरुले हातले उसको आँखाको बाटो छेकिदिईन्।सरुको रुपको नशाले मातिएर बेहोस भैसकेको संजीव होसमा आउन निकैबेर लाग्यो।एकैछिनमा झसङ्ग हुँदै पूर्वावस्थामा आयो।
"चिया,कफी के लिन्छ्यौ सरु?"
"भो पर्दैन सर,भर्खर लिएँ।"
"म भएपछि चिन्ता नगर न।"
"उसो भए कफी लिउँ न फेरि।"
एकछिनमा कफीको चुस्की संगै प्रेमिल वार्तालाप गर्न थाले।
"म अरु केटी भन्दा बिल्कुल फरक छु सर।मलाई पुरुषले हैन,मैले पुरुषलाई युज गर्छु।मेरो एउटा शर्त मान्नुहुन्छ भने मात्र म तपाईंसंग जान तयार छु।मन्जुर छ?"
"पहिले शर्त त भन।"
"तपाईंले शुरुमा मलाई स्पर्श गर्न सक्नुहुन्न।सबै काम मबाट शुरु भएर मबाट खत्तम हुनेछ।जे गर्छु मैले गर्छु र मैले जे भन्छु,तपाईंले आज्ञा पालन गर्नुपर्छ।"
स्वर्गकी अप्सरा झैं सुन्दरी केटीको शर्त मान्न उसलाई कुनै हिच्किचाहट भएन।उ त व्यग्र थियो,उनको सामिप्यमा पुग्न।उनीसंगै स्वर्ग पुग्न।उसले दायाँबायाँ केही नसोची जवाफ दियो-
"ओके,डन।तर कति लिन्छ्यौ?"
"तपाईंको मनोमानी चल्ने भए रकम लिने थिएँ तर मेरो मनोमानी चल्ने भएकोले फ्री।"
अरुबेला बिना पैसा केही गर्न नसकेको कुरा सम्झेर आज फ्रीमा काम तमाम हुने सोचेर उ दंग थियो।
"यस्तो मौका न कहिले आयो,न कहिले आउनेछ,यही हो मौका।मोज गर केटा,मोज गर।"
उ मनमनै पुलकित हुँदै थियो।उसले एक हात गाडीको स्ट्रीङमा राखेर अर्को हात सरु तिर बढाउन थाल्यो।हत्तपत्त उसले शर्त सम्झ्यो र झट्ट हात आफैंतिर फिर्ता ल्यायो।तर उसको मन मानिरहेकै थिएन।गाडी एकछिन गौशालाको जाममा फस्यो।पशुपति क्षेत्रको वनजंगलको दृष्य अवलोकन गरेर केही बेर उनीहरू त्यतै मग्न भए।ट्राफिकले गाडी अगाडि बढाउने सिग्नल दियो।गाडी फेरि तेजले हुँइकिन थाल्यो।गाडी भन्दा तेज उसको ईच्छा र चाहना हुँइकिन थाले।उसले आफूलाई सम्हाल्नै सकिरहेको थिएन।पुनः उसले आफ्नो हात सरुतिर बढायो।स्पर्श गर्न नपाउँदै सरु कड्किन थालिन्।
"शर्त बिर्सनु भएको सर?"
"छैन,छैन।"
उसले मुख बिगार्दै हातलाई कन्ट्रोल गर्यो।
"तपाईंले मेरो शर्त मान्नुहोला जस्तो लागेन सर।"
"मान्छु किन नमान्नु।"
"कसम खानुस् मान्छु भनेर।"
"आमा कसम,भगवान् कसम,तिम्रो शर्त मान्न तयार छु।"
सरु जस्ती केटीको फेला कहिल्यै नपरेको उ अचम्म मान्दै उनलाई हेरिमात्र रह्यो।होटलमा पुगेपछि उनी कसरी प्रस्तुत होला भन्ने ब्यग्रताले उसलाई हायलकायल बनायो।गाडी पासाङल्हमु चोकमा पुग्यो।उसले शालिकलाई एकटकले हेर्यो।उसको पापी नजर शालिक भन्दा पनि शालिकको स्तनमा पुग्यो।आखिर बानी परिसकेको मान्छे न पर्यो।उसले आफ्नो नजर सरुको नजरसंग जुधायो।सरु अवाक भएर उसको हर्कत नियाल्दै थिई।सरुले थाहा पाएकोले आफू एक कामुक पुरुष भएर देखाउन सफल भएको ठहर गर्यो।गाडी होटल हायतको प्रबेशद्धारबाट भित्र छिर्दा सेक्युरिटी गार्डले सल्युट मार्यो।उसले आफूलाई एक सफल ब्यक्ति भएको महसुस गर्यो।आफ्नो औकात देखाउन फेरि एकपल्ट सरुको अनुहारमा हेर्यो।तर सरुको कुनै प्रतिकृया नपाएर निराश हुँदै गन्तव्य तिर प्रस्थान गर्यो।रिसेप्सनमा नाम दर्ता गरेर एक्सेस कार्ड लिएर दुवैजना शानदार डिलक्स रुममा प्रबेश गरे।फोन गरेर चौरासी ब्यन्जन मगाए।आफ्नो उदेश्य परिपूर्ति गर्ने प्रवल ईच्छा जागेर आयो तर बाचा-कसमको कारण आफूलाई निष्क्रिय बनाउन बाध्य थियो।घरीघरी सरुको शारीरिक सुन्दरताको अवलोकन गरेर चित्त बुझायो।केहीबेरमा थरीथरीका भोजन आइपुग्यो।सरुले दुईतीन पिस खाएर टोलाइरही।संजीव भने लडाइँ गर्ने साँढे झैं बलियो हुन दबाएर खान थाल्यो।खाइसकेपछि सरु बेडमा पल्टेर आराम गर्न लागी।उ भने सरुले कहिले शुरु गर्ली भनेर आतुर थियो।प्रतिक्षाको बाँध टुट्न लागेको थियो।उनी मुस्कुराउँदै उसलाई आज्ञा दिन थाली।
"सर्ट र पाइन्ट खोल्नुस्।"
एउटा सानो बालक झैं खुरुखुरु आज्ञा पालन गर्यो उसले।
"अब के गर्नुपर्यो सरु?"
"गन्जी पनि खोल्नुस्।"
खाएर मोजमस्ती गरेर लागेको भुँडी पुक्लुक्क देखियो।छाती भन्दा ठूलो देखिने भुँडीले उसको इज्जत फालेको अनुभव गर्यो।
"बेडमाथि पल्टिनुस्।"
सरुले मुस्कुराउँदै दिएको अर्को आज्ञा पनि मानेर उतानो परेर पल्ट्यो।अरु केटी भन्दा भिन्न किसिसमले प्रस्तुत भएकोले उसलाई मजा आइरहेको थियो।उनले ब्यागबाट लामो डोरी निकालेर हात-पाउ टमक्क लाएर बाँधीदिई।उ चलमल गर्न नसक्ने अवस्थामा पुग्यो।तैपनि उसलाई केही असहज भएन।अब उनी कुटिल हाँसो हाँस्न थाली।सरुको हाँसोको अर्थ बुझ्न हम्मेहम्मे नै भयो।ब्यागबाट धारिलो चक्कु निकालेर संजीवको घाँटीसम्म लग्यो।
"नजिस्क न सरु।यसरी पनि जिस्किन्छन् कोही?"
"कसले जिस्क्यायो र तपाईंलाई?मैले?हा हा हा हा!"
धारिलो चक्कु उसको छातीमा रोप्न थाली।
"ऐया सरु!यो के गरेकी?तिमी कलगार्ल हो कि ज्यानमारा?"
"तपाईं जे सोच्नुस् त्यही हुँ म।तर तपाईंको यौन तृष्णा मेट्न म आएकी हैन।"
ब्यागबाट नेल कटर निकालेर उनले उसको नङ थुत्न लागी।बेडमा रगत बग्न थाल्यो।उसको आर्तनादले रुम गुन्जायमान भयो।
Wednesday, 8 February 2017
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment