Monday, 13 February 2017

प्रेम दिवस

अमर मायाको शुरुवात गरौ प्रेम दिवसमा
दिलको कन्दरा छुने बात गरौ प्रेम दिवसमा
(सनम)
दुनियाँ सारा भुलेर अंगालोमा बाधी हामी प्रिय
एक-अर्कालाई मीठो घात गरौं प्रेम दिवसम।
(माङ)
एकै मालामा उनेर जात,धर्म,धनी र गरीब
नारी र पुरुष मात्र जात गरौं प्रेम दिवसमा
(माङ)

हराएर आपसमा,जुधाई नजरमा नजर
भलाकुसारी दिन र रात गरौं प्रेम दिवसमा
(माङ)
सालमा एकचोटि आउने यसलाई भव्य पर्न
प्रत्येक जोडी मिली जमात गरौं प्रेम दिवसमा ।
(बैरागी)
थालौ यात्रा जिन्दगीको कदम कदम मिलाइ
मायाको स्वपनिल बर्षात गरौ प्रेम दिवसमा।
(सनम)
जुनीजुनी सम्म पनि मायाको दियालो जलाएर
अघि बढेर हातमा हात गरौं प्रेम दिवसमा ।
(बैरागी)

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...