Saturday, 18 February 2017

पपकर्न

यौवनको तापले गर्मिएर
फुलेर-फक्रेर
पटटट गर्दै उन्मत्त आवाज दिँदै
आँगनमा परी झरे जस्तै
फुत्त-फुत्त झर्छन्।

तातिनु पूर्व स-साना
कलिला नानी जस्ता
अचानक बैशले फुल्दा
दुई औंलाले पक्डेर
दुई ओठहरुको मार्ग हुँदै
क्वाप्प क्वाप्प निलिन्छ।

शुरुमा एकाएक गरी छिराइन्छ
चपाइन्छ झुरुम-झुरुम
बहुत खुश हुन्छ जिब्रो
स्वाद लिएर
तर जति निले पनि
अघाइन्न कसैगरी
अनि हालिन्छ एकैचोटि
दुई-दुई,तीन-तीन वटा।

एक झोला रित्तिएपनि
न खाए जस्तो
न अघाए जस्तो
मुख मात्र चिलाइरहने
जति खाएनी नपुग्ने
यो पपकर्न नामको चीज
बेकारको चीज रहेछ।

ठिक त्यसरी नै
मेरी प्यारी
तिम्रो मायाले म
कहिल्यै अघाईन
ठ्याक्कै पपकर्न जस्तो
तिम्रो माया पनि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...