Saturday, 18 February 2017

गजल प्रतियोगिता

साहित्यिक सर्जक गजलकारहरुमा खुशीको खबर........

“हातेमालो राष्ट्रिय गजल प्रतियोगिता” सम्बन्धी सूचना !!!

“मोडौँ सबैको गजलमा ध्यान, गजलको विकास, हाम्रो अभियान” भन्ने मूल नाराको साथमा हातेमालो साहित्य संगमले राष्ट्रियस्तरको गजल प्रतियोगिता गर्न लागेको यहाँहरु सबैमा जानकारी गराउदछौँ ।

गजल पठाउदा पुरा गर्नु पर्ने नियमहरु:

१, यो सूचना सार्वजनिक भएको मिति देखि फागुन २५ गते सम्म गजल पठाइसक्नु पर्ने छ ।
२, गजल पत्र-पत्रिका, पुस्तक, सामाजिक सन्जाल लगायत कहीँ पनि प्रकाशित नभएको हुनु पर्नेछ ।
३, गजल एउटा मात्र पठाउनु पर्ने छ र गजल पठाउदा पूरा नाम र ठेगाना हुन अनिवार्य छ ।
४, गजलको नियम भित्र रहेर जुनसुकै विषयवस्तुमा लेखिएको भए पनि हुनेछ ।
५, प्रतियोगितामा पठाई सकेको गजल नतिजा सार्वजनिक नगरुन्जेलसम्म कतै प्रकाशित गर्न पाइने छैन । यदि यस्तो भएको थाहा पाएमा सो गजल प्रतियोगिताबाट स्वत: रद्द गरिनेछ ।
६, काफिया दोहोरिएको गजललाई प्रतियोगितामा समावेश गरिनेछैन ।
७, गजल कम्तिमा ५ शेरको हुनु पर्नेछ ।
८, मुसलसल गजललाई ग्राह्यता दिइनेछ ।
९, गजल युनिकोडमा टाईप भएको मात्रै मान्य हुनेछ ।

गजल प्राप्त गर्ने समय सकिए पछि सम्पूर्ण प्राप्त गजलहरुलाई गजलकारहरुको नाम नराखेर कोड नम्बर अनुसार प्रिन्ट गरेर निर्णायकलाई दिइनेछ र निर्णायकबाट नतिजा आई सके पछि Top - 20 गजलहरुलाई सार्वजनिक गरेर SMS Voting System मा लगिनेछ । भोटिङको समय सकिए पछि भोटको ५०% र  निर्णयकको निर्णय ५०% को आधारमा प्रथम, द्वितीय, तृतीय र दुई जना सान्त्वना गरी ५ जनालाई विजयी घोषणा गरिनेछ ।

पुरस्कारहरु:
 १, प्रथम पुरस्कार: १० हजार नगद, ट्रफी,  प्रमाणपत्र र प्रथम गजललाई  डी आर अटुको संगीत र गायक सी डी विजय अधिकारीको स्वरमा रेकर्ड गराइनेछ ।
२, द्वितीय पुरस्कार: ७ हजार नगद, ट्रफी,  प्रमाणपत्र र द्वितीय गजललाई  डी आर अटुको संगीत र गायक सी डी विजय अधिकारीको स्वरमा रेकर्ड गराइनेछ ।
३, तृतीय पुरस्कार: ५ हजार नगद, ट्रफी र प्रमाणपत्र ।
 ४, सान्त्वना पुरस्कार (दुई जनालाई): ३- ३ हजार नगद, ट्रफी र प्रमाणपत्र दिइनेछ ।

रचना पठाउने माध्यम:
Email: hatemalo.programs@gmail.com
Facebook (Message Box): www.facebook.com/hatemalo.sahitya.sangam/

साथै रचना पठाउनुहुदा उत्कृष्ट गजलको साथमा आफ्नो पूरा नाम, ठेगाना र एक प्रति पासपोर्ट साइजको फोटो हामीलाई उपलब्ध गराइदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौँ ।

नोट:-
हातेमालो साहित्य संगम केन्द्रिय कार्य समितिका पदाधिकारी सदस्यहरु बाहेक सम्पूर्ण नेपाली गजलकारहरुले प्रतियोगितामा भाग लिन पाउनु हुनेछ ।

यस गजल प्रतियोगिताको भोटिङ सुरु भएको मिति, भोटिङ समाप्त भएको मिति र फाइनल कार्यक्रम गर्ने मिति तथा स्थानबारे अर्को सूचना मार्फत् जानकारी गराइनेछ ।

हातेमालो साहित्य संगम
केन्द्रीय कार्यालय, काठमाडौं, नेपाल

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...