Wednesday, 15 February 2017

कार

         रमेश र राजु एउटै बिद्यालय र कक्षामा अध्ययन गरेका थिए।रमेश सम्पन्न र राजु निम्न वर्गीय परिवारमा जन्मेका थिए।उनीहरुको लवाइ,खुवाइ र चालढाल आकाश पातालको फरक थिए।त्यतिमात्र नभई रमेशले राजुलाई हेप्ने,दबाउने,पहुँचको घमण्ड गर्ने,दुर्व्यवहार गर्ने र घटिया दृष्टिकोणले हेर्ने गर्थ्यो।उसको गाइड र गेसपेपर जस्ता महत्वपूर्ण पुस्तकहरु छुनै दिंदैनथ्यो। एस एल सी उतीर्ण गरेपछि उनीहरुको गच्छे अनुसार कलेज फरक भए।१२ कक्षा उतीर्ण गरेपश्चात आर्थिक अभावले राजु उच्च शिक्षाबाट बन्चित भयो।उसले शुरुमा जागीर खायो र जागीर छोडेर सानो ब्याबसायी शुरु गर्यो।यता रमेश भने हरेक दिन मोजमस्तीमा हिंड्न थाल्यो।पढाइमा पनि खासै प्रगति गर्न सकेन।महंगो बाइक चढेर केटी खेलाउँदै हिंड्दैमा १० साल बितिसकेको थियो।
           उता राजुले दिनरात कडा परिश्रम गर्दै जाँदा व्यापार-ब्याबसायी फस्टाउँदै गएर राम्रो आर्थिक उपार्जन गर्यो।लगभग रमेश समानको हैसियत निर्माण गरिसकेको थियो उसले।दैनिक आवातजावतमा सहज बनाउन एउटा ठिकै दामको कार किन्यो।एक दिन रमेश र राजुको एउटा मोडमा भेट भयो।एकछिन रमेश राजुको कार देखेर बेचैन र हैरान भयो।निकैबेर सम्म हेरेको हेर्यै भयो।उसको मुखबाट एक्कासी वाक्य फुट्यो-
"ए तिमी पनि कार चढ्ने भयौ?"
राजुको जवाफ थियोे-"किन,मैले चाहिँ कार चढ्न नहुने?"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...